बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

७ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण

७ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८२, मंगलबार

पोखरा/कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा ७ सय जनाको सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् ।

बिहीबार पोखरा २२ मा भएको शिविरमा करिक ३ सय जनाको मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । पोखरा लेडी जेसिजको आयोजनामा भएको कार्यक्रममको व्यवस्थापन सन्तान आइभिएफ महेन्द्रपुलले गरेको थियो ।

शुक्रबार ज्योति कुञ्ज सेकेन्डरी स्कूल पोखरा १० रामबजारको आयोजनामा निशुल्क शिविर आयोजना गरियो । विद्यालयको ३६ औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा एक सय ७० जनाको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएकोयुआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

शनिबार तनहुँको सेवा हस्पिटल दुलेगौंडाको आयोजनामा अर्काे शिविर भएको छ । यो शिविरमा ३ सय ११ जनाको मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । युआरएलले विभिन्न संघ, संस्था सँगको सहकार्यमा अहिलेसम्म १ सय ९९ शिविर आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->