पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अर्मलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडा नम्बर १६ जोगिमनीमा रहेको अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सम्पन्न गरेको हो ।
शिविरमा तीन सय स्थानीयले स्वास्थ्य परिक्षण गरेको शिविरका संयोजक विक्रम बस्नेतले जानकारी दिए । सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य केन्द्रमा चिकित्सक र प्राविधिकसहितको स्वास्थ्य शिविर संचालन गरिएको संघका अध्यक्ष ओमप्रकाश गैह्रेले जानकारी दिए ।
शिविरमा स्वस्थ्य परिक्षण, परामर्श र औषधि वितरण गरिएको संघका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडानम्बर १६ को सहकार्यक्रम भएको शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग रहनुको साथै नमुना आमा समुह र नमुना क्लव पोखरा–१६ को सहकार्य रहेको थियो ।
स्वास्थ्य शिविरका प्रमुख अतिथि इक्यान केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले शैक्षिक सेवा सगै सामाजिक कार्यक्रमसमेत इक्यानका सदस्य शाखाहरुले काम गदै आएको जानकारी दिए ।
पोखरा १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले शिविरमा स्थानीयले लाभ लिएको बताए ।
इक्यानले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम, विद्यार्थीहरुलाई छात्रवृत्ति विवरण लगायतका कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा इक्यान केन्द्रका उपाध्यक्ष भुवनबहादुर क्षेत्री, नमूना क्लवका अध्यक्ष मीनबहादुर गुरुङ, मेडिप्लस हस्पिटलका प्रवन्धक सुरेशराज आचार्यले बोेलेका थिए ।





