सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा ट्राफिक सप्ताह शुरु

बागलुङमा ट्राफिक सप्ताह शुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८२, सोमबार

बागलुङ/‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा आइतवारदेखि यो सप्ताह मनाउन शुरु भएको हो ।

सप्ताहको अबसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले सवारी चालकलाई माला लगाइ, यात्रीलाई सचेतनामुलक सन्देश दिएर दिवशको उद्घाटन गरे । सवारी साधनमा पनि ट्राफिक नियम र सचेतना लेखिएको स्टीकर टाँसिएको छ ।

उक्त अबसरमा थापाले सबैले आफ्नो जिम्मेवारी पुरा गरेमा सडक दुर्घटनाबाट बच्न र बचाउन सकिने बताए । नियम उलंघन गर्दा अधिकांस दुर्घटना भएको उनको भनाइ छ । हरेक चालकले सवारी चालक अनुमति पत्र बोक्ने, ट्राफिक नियम पालना गर्ने र ट्राफिक चिन्हको ख्याल गर्दा सबै समस्या समाधान हुने थापाले बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, धौलागिरि यातायात प्रलिका अध्यक्ष उमेश केसी, प्रहरी उपरिक्षक तिलक भारती, यातायात व्यवस्था कार्यालय बागलुङकी प्रमुख गुमादेवी शर्मा लगायतले शुभकामना मन्तव्य राखे । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षता, प्रहरी सहायक निरीक्षक मिलन चौधरीको स्वागत र प्रहरी निरीक्षक केशव थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ट्राफिक नियम बारे जानकारी गराउन बाजागाजा सहित जनप्रतिनिधि, कर्मचारी, सेना, प्रहरी र ससष्त्र प्रहरी बल, सामाजिक संस्थाका प्रतिनिधि, आमा समूह, शिक्षक तथा बिद्यार्थी समेत सहभागि थिए । ट्राफिक सचेतनाको प्लेकार्ड र व्यानर बोकेर बजार परिक्रमा गरिएको थियो । यो अभियानलाई साता दिन सम्म विभिन्न क्रियाकलाप गरेर मनाइने ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->