शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरा २६ का कृषकलाई कृषि औजार वितरण

पोखरा २६ का कृषकलाई कृषि औजार वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८२, सोमबार

लेखनाथ/कृषिलाई व्यवसायिक बनाउन सहयोग पुग्न गरी पोखरा महानगरपालिका वडा नं. २६ ले कृषकलाई कृषि सामाग्री वितरण गरेको छ ।

वडाको आर्थिक सहयोगमा कृषि सञ्जाल पोखरा २६ को संयोजनमा सोमबार वडावासीको आयआर्जनमा सहयोग पुग्ने गरी ५ सय ५० जना कृषकका लागि विभिन्न किसिमका कृषि सामाग्रीहरु ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । एक सय जनालाई त्रिपाल, ४५ जनालाई प्लाष्टिक टनेल, दुई थान कुटानी पिसानी मेल, हँसिया चार सय पचास र पानी तान्ने मेशिन वितरण गरिएको थियो ।

सामाग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका २६ का वडा अध्यक्ष नरेन्द्र थापाले आफनो वडालाई समृद्ध वडा बनाउने लक्ष्यलाई पुरा गर्नका लागि ल्याइएका बिभिन्न योजनामा वडावासीको सक्रिय सहभागिता रहनुपर्ने सुझाव दिंदै आफुले पाएका कृषि सामाग्रीको भरपुर रुपमा प्रयोग गरी उत्पादन बढाउने र आफुलाई पुगेपछि उत्पादनलाई बजारीकरण गर्नेतर्फ ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

अर्घौ कृषि सेवा केन्द्रका प्रमुख सन्तोष सुवेदीले राज्यले किसानका लागि छुट्टाएको अनुदानको सहि सदुपयोग गरी निवाहमुखी कृषि नभई व्यवसायिक बनाउनेतर्फ अग्रसर हुन अनुरोध गरेका थिए । लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले आधुनिक कृषि प्रणालीको प्रयोग गरी आयआर्जन वृद्धितर्फ सबैको ध्यान जानु पर्ने धारणा राखेका थिए ।

कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाले आफनो धारणा राखेका थिए । कार्यक्रमको संचालन सञ्जालका सचिव ईश्वराज भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य सह–संयोजक देवी ढुंगानाले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->