काठमाडौं / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको जारी निर्वाचन प्रक्रियामा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।
उपाध्यक्ष खुलामा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।
महासचिवमा दिपक धामी, आर के रोमस, सुनिल कँडेलको उम्मेदवारी परेको छ भने प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले सचिवमा उम्मेदवारी हालेका छन् ।
४ जना सचिव पदमा भने ३६ जना चुनावी मैदानमा छन् । यसैपटकदेखि थप गरिएको अनुशासन, लेखा र नीति तथा अनुगमन आयोगमा प्रकाश विष्ट, विराज अर्याल र धर्मशीला रोकायाको उम्मेदवारी परेको छ ।
अधिवेशनले १५१ सदस्यीय केन्द्रीय कमिटी, आयोगका पदाधिकारीसहित १३ जनासमेत गरी २०३ पदका लागि ५ सय बढी उम्मेदवारी परेको छ । आयोग प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी सरह हुनेछन् । ४९ सदस्यीय सचिवालय पनि हलले नै चुन्ने निर्वाचन समितिले जनाएको छ ।
हेर्नुहोस् उम्मेदवारहरूको प्रारम्भिक सूची :






