शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हत्या अभियोगमा रानालाई म्याद थप

हत्या अभियोगमा रानालाई म्याद थप


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८२, बिहिबार

पोखरा/पोखराको वन विज्ञान अध्ययन संस्थान नजिकै सोमबार बिहान एक पुरुषको हत्या अभियोगमा पवन रानालाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

रानालाई तनहुँका २० वर्षीय मनोज भुजेलको हथौडाले हानी हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट ४ दिनको म्याद थप गरेको हो । मनोजको शव भेटिएपछि प्रहरीले स्याङ्जा पकवादी गाउँपालिका–९ स्थायी घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने २० वर्षीय ट्याक्टर चालक पवन रानालाई ग १ त ३३२० नम्बरको ट्याक्टरसहित पक्राउ गरेको थियो ।

प्रारम्भिक सोधपुछमा रानाले जन्मदिनको पार्टीपछि फर्कने क्रममा ट्रयाक्टरबाट खसेर मनोजको मृत्यु भएको बताएका थिए । सोही ट्रयाक्टरको पाङ्ग्राले कुल्चँदा उनको मृत्यु भएको रानाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->