पोखरा/ पोखरा महानगरपालिकाका विभिन्न ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई १५ लाख मुल्य बरावरका शैक्षिक सामाग्री वितरण गरिएको छ । गरिव, विपन्न असहाय वर्गका विद्यार्थीको अध्ययनलाई सहयोग पु¥याउने उदेश्यले ग्लो नेपालले शैक्षिक सामाग्री उपलव्ध गराएको हो ।
यस आर्थिक बर्षमा विभिन्न विद्यालयका ३ सय विद्यार्थीलाई झोला, जुत्ता, मोजा, पोशाक कपडा, कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको ग्लो नेपालका निर्देशक आगमनराज पौडेलले जनाए । कार्यक्रम अन्तर्गत पोखरा–१७ महतगौडास्थित जानकी माविका ६० विद्यार्थीलाई सरकारी सुविधा बाहेकका ३ लाख मुल्य वरावरका शैक्षिक सामाग्री ग्लो नेपाल संस्था सहयोग गरेको हो ।
पोखरा महानगरभित्रका विभिन्न ६ वटा वडाका एकएक सामुदायिक विद्यालयमा २०७४ सालदेखि शुरु भएको कार्यक्रम अन्तर्गत यसवर्ष ३ सय विद्यार्थीलाई वार्षिक १५ लाख मुल्य बरावरको शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए । ‘संस्थाले समाजका गरिव, विपन्न एवम् एक महिलाका लागि सिलाईकटाई लगायतका आयआर्जनसंग जोडिने कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ’, उनले भने । संस्थाले पोखरा १५ स्थित सिद्धमावि फलेपाटनका ६४ विद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए । विद्यालयमा भएको कार्यक्रममा वडाअध्यक्ष तोरणबहादुर वानियाले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचो औल्याए । कार्यक्रमले शैक्षिक सामाग्रीको अभावमा विद्यालय जानबाट बञ्चित विद्यार्थीलाई पठनपाठनमा महत्वपूर्ण सहयोग पुगेको छ ।





