शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आमा समुहका लागि माईन्यूट लेखन तालिम

आमा समुहका लागि माईन्यूट लेखन तालिम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३० २०८२, शुक्रबार

पोखरा/ कुनै पनि संघसंस्थाको कार्यलाई प्रभावकारी वनाउन पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उक्त आवश्यकताको महसुस गरि शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका–१७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा आमा समुह र टोल विकास संस्थाका पदाधिकारीलाई वैठकका निर्णय लेख्ने तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालीमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गरिन् । सिमित श्रोत साधनको बाबजुद पनि वडाकोतर्पmबाट सवै क्षेत्रको समुचित विकासमा सक्दो सहयोग गर्दै आएको उनको भनाई थियो ।

कार्यक्रममा सञ्चारकर्मी हरि बास्तोलाले आमाहरु नेतृत्व विकाससंगै उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउँदै बजारको आवश्यकता अनुसारको वस्तु उत्पादन गरेर आयआर्जन गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिए । समाजसेवी टिकाराम पौडेलले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आमाहरुलाई सक्षम बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्लेन विश्वास व्यक्त गरे । विभिन्न आमा समुह र टोल विकास संस्थाका ४० जनाको सहभागिता रहेको उक्त तालिममा सुष्मा पौडेलले प्रशिक्षण दिएकी थिइन् । आमा समुहका अध्यक्ष पार्वती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नारिशक्ति जागरण आमा समुहका अध्यक्ष राधादेवी लम्साल, समुहका उपाध्यक्ष मिना द्वारे र सचिव सिर्जना खनाले समुहको महत्व र खेल्दै आएको भुमिकाका वारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->