पोखरा/ पोखरा– १७ मा रहेको छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यार्थीलाई विभिन्न तालिम प्रदान गर्ने क्रममा स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा आधारभूत पत्रकारिता तथा मोवाईल फोटोग्राफी तालिम दिएको छ ।
कक्षा ७ देखि १० सम्मका इच्छुक विद्यार्थी, भूपू विद्यार्थी, शिक्षक तथा कर्मचारीलगायत एक सय भन्दावढी विद्यार्थीको सहभागिता रहेको तालिमको सहजीकर्ता स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका कार्यसमिति सदस्य मदनराज जैसीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापकहरु खेमराज बराल र मेघनाथ पौडेल, भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराज भण्डारी र कार्यसमिति सदस्य कविता गुरुङ कविको उपस्थिति रहेको थियो । आसन र भाषण नगरी तालिममात्र संचालन गरिएको थियो ।





