सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जन्मदिनको खर्चले विद्यार्थीलाई शैक्षिक सामाग्री

जन्मदिनको खर्चले विद्यार्थीलाई शैक्षिक सामाग्री


  • ढोरपाटन संवाददाता
  • असार १ २०८२, आइतबार

बागलुङ/जैमिनी नगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई स्टेशनरी बितरण गरेर मनाएका छन् । पश्चिमा शैलीमा केक काट्ने, फजुल खर्च गर्ने प्रवृत्तिविरुद्ध उनले पछिल्लो केही वर्षदेखि सामाजिक सेवाको काम गर्दै जन्मदिन मनाइरहेका छन् ।

आइतबार शर्माले जैमिनी नगरपालिका वडा नं. २ को शहिद स्मारक प्राविका बालबालिकालाई शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका हुन् । शर्माले कक्षा ३ सम्म संचालन भएको यो विद्यालयका १९ जना बालबालिकालाई १२ हजार रुपैयाँको सामाग्री बितरण गरेका थिए ।

उक्त अवसरमा शर्माले जन्मदिनलाई रचनात्मक बनाउने प्रयास गरेको बताए । साथै सानो सहयोगले पनि पढ्ने लेख्ने बालबालिकालाई ठूलो योगदान पुग्ने, पढ्नमा हौसला थपिने र अभिभावकलाई पनि राहत मिल्ने भएकोले यस्तो सहयोग गरेको उनले जानकारी दिए । गतवर्ष पनि उनले जैमिनी वडा नं. ४ को एक विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका थिए ।

सामाग्री वितरण कार्यक्रममा जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य र कार्यपालिका सदस्य भगवती सापकोटाले शर्माको रचनात्मक काम अनुकरणीय भएको चर्चा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल सुवेदीको अध्यक्षता, शिक्षक कलबिर परियारको संचालन र प्रधानाध्यापक लक्ष्मीनारायण सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->