पोखरा/नेपाली कांग्रेस कास्कीले पोखरालाई कस्तो र कसरी बनाउने भन्ने विषयमा तयार पारेको अवधारण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बुझाएको छ ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोर दक्त बराल नेतृत्वको टोलीले आइतबार मेयरलाई अवधारणा बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
महानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयारी गरिरहेका बेला विभिन्न पक्षबाट प्राप्त सुझावहरुको निष्कर्ष निकालेर अवधारण तयार पारेको हो ।
यसअघि कास्की कांग्रेसले पत्रकार सम्मेलन गरी अवधारण सार्वजनिक समेत गरेको थियो । पोखराको योजनावद्व विकासका लागि उपयोगी हुने गरी अवधारण तयार पारिएको कास्की काँग्रेसका सभापति बरालको भनाइ छ । अवधारणामा विभिन्न विषयहरु समावेश गरिएका ११ बुँदा छन् ।





