
पोखरा / गण्डकी प्रदेशका नागरिकहरु सरकारको कार्यशैली, राजनीतिक नेतृत्व र देशको सबै क्षेत्रको अवस्थाप्रति गहिरो निराशा र असन्तुष्ट रहेको एक सर्वेक्षणले देखाएको छ । ‘पुरक एसिया’ नामक अनुसन्धान संस्थाले हालै सार्वजनिक गरेको नागरिक असन्तुष्टी सर्वेक्षण गण्डकी २०८२ प्रतिवेदनमा प्रदेशका १० मध्ये ९ जना (९१ प्रतिशत) नागरिक सरकारको कामबाट सन्तुष्ट छैनन् । ८५ प्रतिशत नागरिकले देशको राजनीति गलत दिशामा गएको बताएका छन् ।
पुरक एसियाले सन् २०२४ डिेसम्बर २७ देखि २०२५ २४ जनवरीसम्म सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका १८ वटा पालिका छनौट गरिएको थियो । यसमा पोखरा महानगरपालिका पनि एउटा हो । पालिका, वडा र घरपरिवारसम्मलाई विभिन्न चरणमा १०६७ जनासंग प्रत्यक्ष अन्तरवार्ता लिइएको थियो ।
हेर्नुहाेस् सर्वेक्षणकाे प्रतिवेदन





