विद्यार्थीहरुलाई पढाईको साथमा कसरी बोल्ने, कसरी उद्योषण गर्ने र आधारभुत पत्रकारिताको विषयमा थप सिकाई प्रदान गर्ने उद्देश्यका साथ तालिम संचालन गरिएको गणेश सामुदायिक सिकाई केन्द्रका अध्यक्ष स्वर्गेन्द्र बहादुर खत्रीले बताए ।
तालिममा भाषणकला, उद्योषणकला, आधाभुत पत्रकारिता समाचार लेखन तथा बाचनको विषयमा प्रशिक्षण दिईएको थियो । सिकाई केन्द्रले हरेक वर्ष विद्यार्थी र समुदायका लागि नयाँ नयाँ क्रियाकलापहरु गर्दै आएको छ । यसका साथै पछिल्लो समयमा बढ्दै गएको सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्ने भन्ने विषयमा समेत विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।
तालिम मार्फत सिकेका कुरालाई आफुहरुले व्यवहारमा ल्याउने सहभागी विद्यार्थीहरु बताउँछन । ‘हामीलाई तालिम पूर्व कसरी बोल्ने, कुनै कार्यक्रम संचालन गर्नुपरेमा कसरी संचालन गर्ने आधारभुत ज्ञान समेत थिएन, यो तालिमले अब सजिलै कुनै विषयमा बोल्न सक्ने भयौं, कार्यक्रम संचालन गर्न सक्ने भयौं सहभागी विद्यार्थी दिपिका पौडेलले भनिन्– ‘यसका साथै समाचार कसरी लेख्ने र कसरी पढ्ने विषयमा पनि जानकार भयौं अब त हाम्रो विद्यालयमा हुने प्रत्येक कार्यक्रमको समाचार लेख्ने प्रयास गर्नेछौं, विद्यालयमा दैनिक प्राथनाको समयमा पढ्ने समाचारलाई पनि प्रभावकारी बनाउने छौं ।’ गणेश माध्यामिक विद्यालयका विद्यार्थीले हरेक दिन विहान प्राथर्नाको समयमा ताजा समाचार पढ्ने अभ्यास गर्ने गर्दछन । यो तालिमले विद्यार्थीलाई अझै सहज बनाएको विद्यालयका प्रध्यानाध्यापक एकनाथ रिजाल बताउँछन । उनले विद्यार्थीको नेतृत्व विकासका निम्ती यस्ता तालिमले थप सहयोग पु¥याउने बताए ।





