शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ


  • Dhorpatan News
  • असार ५ २०८२, बिहिबार

पोखरा/कास्की प्रहरीले पोखरा ८ सिमलचौरबाट १ हजार ५० थान लागू औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा ३ जना व्यक्तिको साथबाट मनोदीपक औषधि टपेन्टाडोल औषधि बरामद गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार ५ घर भइ पोखराको रत्नचोक बस्ने मनोज रेग्मी, पोखरा १७, घारीपाटनका राजबहादुर पौडेल र घारीपाटनकै राजेशबहादुर पौडेल र रत्नचोक बस्ने रोज कुँवर रहेका छन् । उनीहरुलाई लागुऔषध मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->