पोखरा/पोखरा २६ ले महिला नेतृत्व विकासका लागि उद्घोषण तालिमको आयोजना गरेको छ । एकहप्ते तालिममा १ सय २० जना महिलाको सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरुलाई वडाध्यक्ष नरेन्द्र थापाले प्रमाणपत्र वितरण गरे । उनले तालिम सुरुवात भएको बताउँदै महिलाहरुलाई नेतृत्व लिने गरी अगाडि बढ्न आग्रह गरे ।





