पोखरा/वैदिक धर्म परिषद नेपालअन्तर्गत रहेको नारी परिषद् समिति गठन भएको छ । मिरा आचार्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष शुभद्रा कोइराला र जमुना सुवेदी, सचिवमा शिवकुमारी लामिछाने, सहसचिवमा प्रभा पौडेल, कोषाध्यक्षमा विजय लक्ष्मी कोइराला चयन भएका छन् ।
समितिको सदस्यमा तुलसी बराल, मैयाँ सिग्देल पराजुली, मीना कुवँर, मीना क्षेत्री, उमा देवी बाँस्तोला, बसन्ती कुमाल, जीवन बराल, शान्ति देवी सिग्देल, पवित्रा केसी नारायणी सुवेदी, गायत्री पराजुली, सीता बस्ताकोटी, हिरामोती ढकाल, पार्वती गौतम, माया भट्टराई रहेका छन् ।
समितिको सल्लाहकारमा गिरा कोइराला, सावित्रा कोइराला, दुर्गा बास्तोला, दुर्गा अधिकारी, मुना बास्तोला, कानूनी सल्लाहकारमा गीता आचार्य र शुश्मा पौडेल रहेका छन् समितिले वैदिक सनातन धर्म संस्कार र संस्कृतिको विषयमा विभिन्न कार्यक्रम गर्दै युवा पुस्तालाई जागरुप गराउँदै अगाडी बढ्ने नवनिर्वाचित अध्यक्ष मिरा आचार्यले जानकारी दिइन् ।





