सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटन जीप दुर्घटनाका घाईतेको उपचारको माग

ढोरपाटन जीप दुर्घटनाका घाईतेको उपचारको माग


  • ढाेरपाटन संवाददाता
  • असार ८ २०८२, आइतबार

पोखरा/ गण्डकी प्रदेशका कांग्रेस सांसद द्रोणकुमार कुँवरले केही दिन अघि बागलुङको ढोरपाटन नगरपालिका– ५ स्थित सालझन्डी–ढोरपाटन सडकम भएको जीप दुर्घटनाका घाइतेको निशुल्क उपचारको माग गरेका छन् । उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने १३ जना घाइतेको विभिन्न स्थानका अस्पतालहरुमा उपचार भइरहेको छ ।

कुँवरले घरमा बस्दा जीवन र अस्पताल बस्दा घरबास गुम्ने अवस्था घाईतेको रहेका भन्दै १३ जनामा ६ जनाको अवस्था दयनीय रहेको सुनाए । प्रदेश सभाको आजको बैठकमा बोल्दै उनले मृत्युसंग लडिरहेका घाइतेको निशुल्क उपचार कसरी हुन्छ ? गण्डकी प्रदेश सरकारले अभिभवकत्व दिन्छ की दिदैन ? भन्ने प्रश्न गरे । उनका अनुसार एक जना घाइतेको दैनिक ३ लाख रुपैयाँमा नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । यसैगरी एकजनाको चितवन मेडिकल अस्पताल, पाल्पाको मिसन अस्पताल र केही पोखराको मनिपालमा उपचार भइरहेको छ । ‘अस्पतालको स्तरोन्नति गरेको सरकारले आइसियु नपाएर र अस्पताल नपाएर जीवन मरणको दोसाँधमा पुगेका घाइतेलाई उपचार गर्छ की गर्दैन’, उनले भने । उनले कानुनलाई पैसामा बेचेर क्षमता भन्दा बढी यात्रु चढाउन दिने प्रहरी प्रशासनलाई कारवाही हुनुपर्नेसमेत बताए ।

एमालेका भीमबहादुर कार्कीले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा सम्बन्धित मन्त्रालयको सचिव उपस्थित गराउन माग गरे । सभामुख कृष्णप्रसाद धितालले यस विषयमा ध्यानाकर्षण भएको भन्दै सम्बन्धित मन्त्रीलाई सचिवलाइ उपस्थित गराउन रुलिङ गरेका थिए ।

प्रदेश सभाको शुन्य समयमा बोल्दै कांग्रेसका प्रकाश बराल कम्पनी रजिष्ट्ररको कार्यालयमा नविकरणलगायत सेवा लिदा झन्झटिलो भएको बताए । व्यववसायिक जीवन कष्टकर छ, धिकिरधिकिर चलेका कम्पनी नविकरण लगायत सेवा लिनुपर्दा १५ दिनसम्म कुर्नुपर्ने अवस्था रहेको भन्दै प्रदेश सरकारमार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राप्रपाका पञ्चराम गुरुङले गण्डकी प्रदेश सभाको कार्यक्रम ठिक समयमा संचालन हुन नसकेको भन्दै ध्यानकर्षण गराए । एमालेका बेदबहादुर गुरुङले  असार ५ गते कास्कीको मादी गाउपालिकाका १ को खिलाङमा २ ठाउँमा पहिरो गएर ३ घर पूर्ण क्षति र १२ घर विस्थापित भएको बताए । यसैगरी मादी– ६ तप्राङमा पनि पहिरोले ३ घर क्षति गराएको भन्दै पीडितको उद्धार र सहयोगका लागि सरकारसमक्ष अपील गरे । एमालेकै श्यामराजा महतले असार ६ को बाढीले तनहुको शुक्लागण्डकी ६ ढोरबराही मन्दिर जाने कल्भर्ट बगाएकाले पुनर्निर्माणका लागि बजेटको माग गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->