शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कुकुर सूचीकृत गर्नू, सुरक्षित रहनू : अध्यक्ष शाही

कुकुर सूचीकृत गर्नू, सुरक्षित रहनू : अध्यक्ष शाही


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८२, सोमबार

पोखरा/पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सूचीकृत गरी रेविजको सुइ लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गरेकी छन् ।

सनराइज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै वडामा सूचीकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिइन् । शोखका लागि घरमा पालिएका कुकुरलाई बाटोमा लगेर फोहोर गराउनेलाई कार्वाही गरिने उनको भनाइ थियो । पशुसेवा केन्द्र छोरेपाटनमा हालसम्म ५० वटा मात्र घरपालुवा कुकुर दर्ता भएका छन् ।

गत आर्थिक बर्षमा वडाले सञ्चालन गरेको कुकुर दर्ता अभियानबाट ५० वटा घरपालुवा कुकुर दर्ता भएको भएपनि यस बर्ष भने थप नभएको पशुसेवा केन्द्र छोरेपाटनले जनाएको छ ।

टोल विकास संस्थाका अध्यक्ष प्राणनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यद्वय विक्रम गुरुङ, विष्णुमाया थापा, सनराईज आमा समुहका सचिव गंगा प्रधान,सन्दीप पराजुली, अर्जुन बहादुर बराल,लक्ष्मी थापा, महेन्द्र कुँवरलगायतले टोल छिमेकको विकास निर्माणमा संस्थाले खेल्दै आएको भूमिकाका वारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->