बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेको अभिव्यक्तिप्रति प्रेस सेन्टरको आपत्ति

गण्डकीका मुख्यमन्त्री पाण्डेको अभिव्यक्तिप्रति प्रेस सेन्टरको आपत्ति


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८२, बिहिबार

पोखरा/  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता पेशाको मानमर्दन हुने गरी दिएको आक्षेपयुक्त र चेतावनी शैलीको अभिव्यक्तिप्रति प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अभिव्यक्तिलाई आपत्तीजनक भनेको छ ।

प्रेस सेन्टर गण्डकीका महासचिव गुणबहादुर रोकाले आज एक विज्ञप्ति जारी गर्दै सूचनाको हकको लागि राष्ट्रिय महासंघले यही असार १० गते पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्रीले दिएको अभिव्यक्ति सच्चाउन समेत अनुरोध गरेका छन् । उक्त कार्यक्रममा मुख्यमन्त्री पाण्डेले हामीले ल्याएको यो लोकतन्त्र सजिलोसंग गुम्न सक्छ । पत्रकारहरु पहिलो शिकारर हुन सक्नुहुन्छ । तपाईहरुको कलम भाचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ । एउटा बाटोको योजना माग्न आउनु भएको एकजना पत्रकार साथी । योजना पाउनु भएन । पाइएन एउटा योजना भन्दैमा सारा बजेट खत्तम छ, सबै मुख्यमन्त्रीले खायो भनेर मैले घर बनाउन लगे जसरी न्यूज (समाचार) आइरहेको छ भन्ने अभिव्यक्ति दिएका थिए । साथै नियुक्ति नपाएकाले बजेटको बिरोध गरेको पनि उनले बताएका थिए ।

‘व्यवस्था र नागरिकको अधिकार संरक्षण गर्नुपर्ने जिम्मेवार पदमा रहेका व्यक्तिले सरकारको योजना, बजेट र कार्यक्रम तर्जुमाका सन्दर्भलाई जोडेर समग्र पेशालाई आक्षेप लगाउने किसिमले चेतावनीको शैलीमा दिएको अभिव्यक्ति आपत्तीजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्य र समाजका हरेक विषयको तथ्य र प्रमाणका आधारमा स्वच्छ आलोलचना गर्ने पत्रकार र नागरिकको संविधानप्रदत्त अधिकारमाथि आक्रमण हुन थालेको महशुष गर्दै प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति उक्त अभिव्यक्ति सच्चाउन अनुरोध गर्दछौ ।’ लोकतन्त्रको खोल ओडेर प्रेस स्वतन्त्रताको घाटी निमोठ्न खोज्ने गतिविधि असह्य छ भन्दै विज्ञप्तिमा जिम्मेवार मर्यादित पत्रकारितामार्पmत राज्यलाई खबरदारी र स्वच्छ आलोचना गर्न पाउने वातावरण बनाउन माग गरिएको छ ।

मुख्यमन्त्रीको यो अभिव्यक्तिका सम्बन्धमा पत्रकार महासंघ गण्डकी, कास्की शाखा र पत्रकारका अन्य संघ संगठन भने मौन छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->