पोखरा/पोखरामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मीना क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
पोखराको छोरेपाटनबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशातर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते भएकी थिइन् । घाइते क्षेत्रीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा) लगिएको थियो ।
टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले जानकारी दिइन् ।





