बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सबैभन्दा बढी मदरल्यान्ड माविका ११ विद्यार्थीले ४ जीपीए ल्याए

सबैभन्दा बढी मदरल्यान्ड माविका ११ विद्यार्थीले ४ जीपीए ल्याए

कास्कीमा सामुदायिक विद्यालयतर्फ १८ र संस्थागत विद्यालयका ४७ जनाले ४ जीपीए ल्याएका छन्


  • ढाेरपाटन संवाददाता
  • असार १४ २०८२, शनिबार

पोखरा माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कास्की जिल्लाका ६५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् । संस्थागततर्फ ४७ र सामुदायिक विद्यालय तर्फका १८ विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।

सबैभन्दा बढी पोखरा–७ मासबारस्थित मदरल्यान्ड माविका ११ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल डा. नारायण बरालका अनुसार शास्वत रेग्मी, अभिनव पराजुली, दिव्या पराजुली, ऋतिका यादव, आमन गुरुङ, आराध्य पौडेल, अर्पण पौडेल, विशेष बञ्जारा, ओशन त्रिपाठी, सभ्य मल्ल र साक्षी भण्डारीले ४ जिपिए ल्याउन सफल भएका हुन् । विद्यालयबाट १६६ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १८ जनाले ३.९६ जीपीए ल्याए । यसैगरी ३.६ देखि ३.९५ जीपीए ल्याउनेमा १०९ जना, ३.२ देखि ३.५९ जीपीए ल्याउने २८ जना र एक जनाले ३.०५ जीपीए ल्याएको बरालले बताए । गत वर्षको एसईई परीक्षामा यस विद्यालयमा १० विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका थिए ।

शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका अनुसार सामुदायिक तर्फ पोखराको अमरसिंह माविका ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यसैगरी पोखराकै जनप्रिय मावि र भद्रकाली माविका ४/४ जनाले पनि ४ जीपीए ल्याउन सफल भएका छन । सामुदायिक तर्फ पोखराको विन्ध्यावासिनी मावि, छोरेपाटन मावि, बालमन्दिर मावि र गोगन माविका १/१ जना निर्मलपोखरीको जनचेतन माविका एक जनाले पनि ४ जीपीए ल्याउन सफल भएको ईकाइ प्रमुख लोकनाथ आचार्यले बताए । कास्कीमा १२२ सामुदायिक विद्यालय परीक्षामा सहभागी भएका थिए ।

यसैगरी संस्थागत विद्यालयतपर्फ फिस्टेल एकेडेमी र शिशु निकेतनका ४/४ जनाले ४ जीपीए ल्याएका छन । त्यस्तै तालचोकको डायमन्ड मावि २, भास्कर मेमोरियल २, बडर््स् एकेडेमी २, हिमालयन बोर्डिङ २, कास्की मोडर्नाइज्ड २, बालोदय २, विद्या निकेतन २, गण्डकी बोर्डिङ स्कुल २ शान्ति निकेतनका २ जनाले ४ जीपीए ल्याए । नौडाँडाको मर्निङ स्टार, टप्स सेकेन्डरी, सिर्जना मावि, ज्योती पुञ्ज, प्रतिभा, कुमुदिनी होम्स, सगरमाथा, लेभिन रेसिडेन्सियल, रेन्बो एकेडेमी र हेम्जाको स्नो भ्यूका १/१ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । कास्कीका १६५ संस्थागत विद्यालय परीक्षामा सहभागी भएका थिए । आचार्यका अनुसार यसवर्ष साधारणतर्फ ९ हजार ७ सय ८६ विद्यार्थी र प्राविधिक धारतर्फ १८२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

अघिल्लो वर्षको तुलनामा यसपटकको एसईई परीक्षामा राम्रो सुधार भएको आचार्य बताउँछन । गत वर्ष जिल्लाभरबाट २१ विद्यार्थीले मात्र ४ जीपीए ल्याएकोमा अहिले ६५ पुगेका छन् । यसैगरी ८ सामुदायिक विद्यालयले ४ जीपीए ल्याउन सफल भए । गत वर्ष ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा अहिले बढेर ८२.५५ प्रतिशत पुगेको छ । साथै गत वर्ष २९ सय ३ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत, पुनः परीक्षामा सहभागी हुनुपर्ने) भएकोमा अहिले घटेर १७ सय ७ पुगेको छ । प्रविधिकतर्फ भने १६० जना उत्तीर्ण र २२ जना ननग्रेडेड भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->