पोखरा/पोखरा महानगरका प्रमुख धनराज आचार्यले फिर्के खोलाघरमा बनेका अवैध संरचना छिट्टै हटाउने उद्घोष गरेका छन् । शनिबार पोखरा ८ ले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सो उद्घोष गरेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शनिबार विहान प्रारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
आठ किलोमिटर लम्बाई रहेको फिर्केको १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ रहेको फिर्के पोखराको बीच भागबाट बग्छ । नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेलका अनुसार फिर्के क्षेत्रमा १ सय ६० भन्दाबढी घरटहरा मापदण्ड विपरीतका छन् । मापदण्डभित्र सरकारी भवन,कच्ची घर टहरा, विद्यालय तथा कलेज मठमन्दिर। समाज घर र तथा संघसंस्थाका भवन रहेका छन् । पोखरा महानगपालिकाले नै बनाएको समितिको प्रतिवेदन त्यतिबेले कार्यान्वयनमा ल्याउने भनिए पनि हालसम्म कुनै काम हुन सकेको छैन । महानगरले नै फिर्केको यसअघिको मापदण्ड १० मिटर रहेकोमा घटाएर ६ मिटर कायम गरेको छ तर समस्या सुल्झिएको छैन । संरचना हटाउन पोखरा महानगरपालिकाले १० कात्तिकमा २०८० मा ३५ दिने सूचना निकालेको पनि थियो तर २४ कात्तिक २०८० साल कात्तिक २४ गते उच्च अदालत पोखराले ताल घरका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी ग¥यो । तर गएको पुसमा न्यायाधीशद्वय मीलनकुमार राई र उमेश कोइरालाको इजलासले त्यो रिट खारेज गरेसँगै महानगरलाई सो क्षेत्रको अवैध संरचना हटाउने बाटो खुलेको छ ।
मेयर आचार्यले स्थानीय र सरोकारवालाको आवाज सुनेर मापदण्ड परिमार्जन गरिएको जिकिर गर्दै आएका छन् । उनले शनिबार भने, ‘स्थानीय र सरोकारवालाको आग्रहलाई स्वीकार्दै मापदण्ड ६ मिटरमा झारिएको हो । यसको कार्यान्वयनमा दायाँबायाँ हुँदैन । उनले पोखरालाई हरियो सहर बनाउन २ लाख २६ हजार रैथाने जातका विरुवा रोपिने र फिर्केको किनारमा पदयात्रा मार्ग बनाउने पनि बताए । वृक्षरोपण कार्यक्रममा नगर प्रमुख आचार्य वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल, वडानम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य, नागरिक अभियन्ता रामबहादुर पौडेल र स्थानीय आमा समूह, टोल विकास संस्थामा आवद्ध विभिन्न व्यक्तिहरु सामेल थिए ।





