पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरेका छन् ।
गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमामनोनित गरेका हुन् ।
अध्यक्ष गिरी लेखनाथ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध छन् ।
मेयर आचार्यले पोखरा २६ का सुर्यनाथ भण्डारी,लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका अधिकारी पराजुली, वडा नं. ३० का धु्रवराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मीप्रसाद त्रिपाठीलाई सदस्यमा मनोनित गरेका छन् । उनीहरुको कार्यकाल ३ वर्षको छ ।
अस्पताल व्यवस्थापन समितिमा वडा नं. ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख पदेन सदस्य एवं मेडिकल सुपरिटेण्डन सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था रहेको छ । कार्यविधि अनुसार वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेण्डन डा. सुमन खनिया सदस्य सचिव रहेका छन् ।





