बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान


  • ढोरपाटन संवाददाता
  • असार २१ २०८२, शनिबार

पोखरा/पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा–८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले सिप र ज्ञान हाँसिल गरेका विद्यार्थीहरुको पहिलो रोजाई स्वदेश नै हुनुपर्ने बताए । देशमा दक्ष जनशक्तिको खाँचो रहेका बताएका उनले इन्जिनियरिङ विधामा स्नातक सकेका विद्यार्थीका लागि विश्व बजारमा नै अवसर खुलेपनि स्वदेशमा नै केही गर्ने सोच राख्नुपर्ने धारणा राखे । उनले इन्जिनियरहरु प्रशासनिक क्षेत्रमा प्रवेश गर्ने हो भने देशले फड्को मार्नसक्ने उल््लेख गरे ।

कलेजका प्रिन्सिपल ई. सोम गुरुङले विदाई भएर जाँदै गरेका विद्यार्थीहरुको उज्वल भविश्यको कामना गरे । अबका दिनहरुमा अवसरका ढोकाहरु खुल्दै जाने उनले बताए । उनले प्राप्त उपलब्धीलाई जिम्मेवारीपूर्ण ढंगले सम्पादन गर्न आग्रह गरे ।

कलेजका संस्थापक डाइरेक्टर अम्मर गुरुङले कलेजमा रहँदा सिकेको सिप र ज्ञानलाई आफ्नो जीवनमा उतार्न र उपयोग गर्दै सेवा प्रवाहमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । विद्यार्थीको पोर्टफोलियो बनेको चर्चा गरेका उनले त्यसलाई सहि ढंगले उपयोग गर्नुपर्नेमा जोड दिए ।

बिदाई कार्यक्रममा स्वतन्त्र विद्यार्र्थी परिषदका पूर्व सचिव निलम डुम्रेले शुभकामना दिएका थिए भने विद्यार्र्थीको तर्फबाट सिभिल इन्जिनियरिङ सातौं समेस्टरका विद्यार्थी अभिनास सुवेदीले स्वागत, विदाई भएका विद्यार्थी सिभिल इन्जिनियरिङ आठौं सेमेस्टरका सुरोज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन रोशनी केसी र सुजिता शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->