बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

४ सय ९७ जनालाई महानगरको छात्रवृत्ति

४ सय ९७ जनालाई महानगरको छात्रवृत्ति


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८२, सोमबार

पोखरा/पोखरा महानगरपालिकाले विभिन्न विषयमा गरी ४ सय ९७ जनालाई कक्षा ११ को लागि निशुल्क छात्रवृत्ति दिएको छ ।

महानगरले शनिबार लिएको परीक्षाबाट विज्ञान विषयतर्फ १ सय ६२ जना, व्यवस्थापनतर्फ २ सय १ जना, होटेल व्यवस्थापनतर्फ ८० जना, कानून, मानविकी र शिक्षातर्फ १४ जना गरी ४ सय ९७ जना विपन्न, गरीब, जनजाति, दलित र जेहनदार छात्रछात्राहरूलाईे निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको हो । महानगरले शनिबार लिएको परीक्षाबाट ती विद्यार्थी उत्तीर्ण भएका मेयर धनराज आचार्यले जानकारी दिए ।

उत्तीर्ण विद्यार्थीहरूलाई तोकिएका विद्यालयहरूमा निःशुल्क अध्ययनका लागि महानगरपालिकाले थप सहजीकरण गर्ने उनले बताए । महानगरद्वारा सिफारिस गरिएका विद्यार्थीहरूलाई अनिवार्य भर्नाका लागि सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिइएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->