बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा–२५ हेमजाको सार्वजनिक सुनुवाइ कार्यक्रम

पोखरा–२५ हेमजाको सार्वजनिक सुनुवाइ कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८२, मंगलबार

पोखरा / पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका बारेमा केन्द्रित रहेर माछापुच्छ्रे मिडिया एण्ड मल्टीपर्पोज प्रालिको समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाईमा सहभागी नगारिकहरुले खुलेरै गुनासा तथा सुझावहरू राखेका थिए । उक्त गुनासा र सुझावलाई पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष मोतीलाल तिम्सिनासँग जनप्रतिनिधि, वडाका विषयगत प्रमुखहरूले संवोधन गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा पछिल्लो समय वडामा भएको विकास निर्माणका कामलाई खुलेरै प्रशंसा व्यक्त गरेका थिए । आगामी दिनमा विकास निर्माण कार्यक्रममा असार मसान्त सम्म नकुरी चैत मसान्तमा नै सक्ने गरी काम गर्न सकेको खण्डमा अझै राम्रो हुने सुझाव दिएका थिए ।

त्यस अवसरमा जग्गा हालसाबिक, पुराना घर अभिलेखीकरण, सार्वजनिक सम्पत्ति, सिसिटिभी गुणस्तर शिक्षा, महानगरका मुख्य बजारसम्म सिधा यातायात बस सेवा, बर्खे योजना तालिमका विषयमा प्रश्नहरू सोधिएको थियो ।विकास निर्माणसँगै सेवाग्राहीलाई दिने सेवा प्रवाहलाई अझै व्यस्थित गरेर लैजान सुझाव दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष तिम्सिनाले सार्वजनिक सुनुवाइमा आएका सुझाव गुनासालाई वडाको तर्फबाट संवोधन गर्दै जाने विश्वास दिलाए । ‘हामीले योजना सहित बजेट छुट्ट्याउन तर उपभोक्ता समितिलाई सम्झौता गर्न आउनु भनेर पटक पटक ताकेता गर्दा पनि अन्तिम तिर आउनुहुन्छ यो समस्या रहेको छ’ अध्यक्ष तिम्सिनाले भने ‘तपाईँहरूले भनेजस्तै विकास निर्माणको काम सक्न असार नै कुर्ने यो परिपाटी अन्त्य गर्न जरुरी छ ।’ उनले पोखरा महानगर पालिकाले यस वर्ष देखि जिरो देखि नै सडक बत्ती राख्ने कार्यक्रम रहेको बताउँदै यस वर्ष याम्दी देखि चाक्लेकुला सम्म सडक बत्ती जडान गरिने उल्लेख गरे । उनका अनुसार आगामी वर्षमा चाक्लेकुला देखि फेदी सम्म सडक बत्ती जडान गरिने छ ।

हेमजा रहेका बैक, वित्तीय संस्था तथा सहकारीसँग सहकार्य गरेर हेमजाका मुख्य मुख्य चोकमा सिसिटिभी क्यामरा जडान गरिने उनले जानकारी दिए । पछिल्लो समय जग्गा हालसाबिक प्रक्रिया झन्झटिलो भएको वडावासीको गुनासो आएका कारण नापी कार्यालयका प्रमुख सहितको टोलीलाई वडा कार्यालयमा नै ल्याएर छलफल गरिएको उनले जानकारी दिए । ‘हामीले नापी कार्यालयको टोलीलाई हालसाबिक गर्न हेमजामा नै आएर अस्थायी शाखा खोलेर काम गर्न अनुरोध गरेका छौं’ उनले भने, ‘उहाँहरूले दुई महिनाको समय दिनुभएको छ । दुई महिना पनि नापी कार्यालय पुगेरै काम गर्दा झन्झटिलो भयो भने यही आएर काम गर्छौ भन्नुभएको छ यो पनि समाधान हुन्छ ।’

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->