लेखसार
नेपालमा युवा नीति सफलतापुर्वक कार्यान्वयन गर्ने रणनीति अपनाउन नसकेका कारण थुप्रै युवाहरु स्वदेशमा भविष्यको सपना देख्न नसकेर विदेशमा पलायन भएको अवस्था छ । युवा नीति निर्माण भएपनि व्यवहारिक रुपमा प्रभावकारी कार्यान्वयनको प्रभाव न्युन देखिएकोले निकट भविष्यमा जनसंख्याको ठुलो हिस्सा ओगटने देशका उत्पादनशील र उर्जाशिल युवालाई सही व्यवस्थापन गर्नुको विकल्प छैन । युवाहरुको सही व्यवस्थापन, सशक्तिकरण र अवसरको सिर्जना राष्ट्रको समृद्धिसँग प्रत्यक्ष रुपमा जोडनुपर्छ । युवा राष्ट्रिय नीतिमा युवाहरुका अधिकार, दायित्व र भविष्यका सम्भावनाहरु पहिचान गरेर सही कार्यान्वयन मार्फत विभिन्न समस्या, चुनौती र अवसरहरु आत्मसात गर्नुपर्दछ । देशको सामाजिक, आर्थिक र राजनीतिक विकासमा महत्वपुर्ण भुमिका युवाले खेल्न सक्छ । तर युवाहरु बेरोजगारी, शिक्षा र सीपको असमान पहुँच, विदेश पलायन र नीति निर्माणमा युवाको न्यून सहभागिता जस्ता समस्याहरुले उनीहरुको सम्भावना र सपनालाई सिमित बनाएको छ । युवा नीतिलाई युवाहरुको उर्जाशिलता र सिर्जनशीलता राष्ट्र निर्माण र विकासमा पूर्ण रुपमा उपयोग हुने वातावरण वनाउनमा ढिला गर्न हुने समय छैन । किन सुखी र समृद्धि नयाँ नेपालको परिमाणको हाम्रै पालामा अनुभव र देख्न तथा बोल्न धेरै ढिला भएको आभास आम नागरीरकमा ढिला हुदै गएको छ । नेपालका युवाहरुमा समावेशी,व्यवहारिक र दीर्घकालीन प्रभाव पार्ने युवा नीति निर्माण गर्दै गुणस्तरीय शिक्षा, रोजगारी, उद्यमशिलता, नेतृत्व विकास र नवप्रर्वद्धनमा संलग्न गराउने वातावरण सिर्जना गर्ने सामुहिक दायित्व बनेको छ ।
पृष्ठभुमि
नेपालमा विभिन्न औपचारिक रुपमा नीतिहरु निर्माण र कार्यान्वयन गर्ने क्रममा युवा नीति निर्माणको सुरुवात २०६१ साल देखि भएको पाइन्छ । सन् २०१० मा नेपाल सरकारले राष्ट्रिय युवा नीति ल्यायो । सो नीतिमा १६ वर्ष देखि ४० वर्ष उमेर समुहलाई युवा भनेर परिभाषित गरिएको थियो । तर इतिहास हेर्दा नेपालमा युवासँग सम्बन्धित नीति प्रायः परिवर्तनशील राजनीतिक परिप्रेक्ष्यसँग गाँसिएको पाइन्छ । वि.स.२०४६ को प्रजातान्त्रिक आन्दोलनपछि युवाको भुमिकामा वृद्धि भएको देखियो । त्यस्तै गरी २०६२।०६३ को जनआन्दोलन, समावेशी र संघीयता स्थापनापछि तथा पछिल्लो समय डिजिटल क्रान्तिको प्रभावसँग युवा नीति परिमार्जन आवश्यकता अझ स्पष्ट देखिएको छ ।
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत तथा परिवतर्नका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग राष्ट्रको प्रमुख धरोहरको रुपमा रहेको हुन्छ । युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोत भनिन्छ । नेपालको कुल जनसख्याको ४०.३ प्रतिशत युवा रहेको छ । गुणात्मक र सख्यात्मक दृष्टिले युवा राष्ट्र मेरुदण्ड भएकोले युवाको सर्वाङगीण विकास गरी युवाहरुको क्षमतालाई राष्ट्रिय विकासको मुलधारमा ल्याउनु जरुरी छ । सूसूचित नीति योजना तथा विकास व्यवस्था, सुद्धृढ प्रादेशिक अर्थतन्त्र निर्माण, प्रभावकारी आर्थिक नीति तथा श्रोत व्यवस्थापन, व्यावसायिक कृषि तथा आत्मनिर्भरता र दिगो वन व्यवस्थापन, जैविक विविधतामा बहुत ध्यान पुरयाउन अति आवश्यक भएको छ । त्यसैगरी युवा केन्द्रित बजारमुखी उत्पादन र दिगो पर्यटन, सर्वसुलभ स्वास्थ्य तथा जनसाङख्यिक लाभ शिक्षित, सुसंस्कृत तथा शिपयुक्त मानव पुँजी निर्माणमा लाग्नुपर्ने देखिन्छ । दिगो तथा उत्थानशील पुर्वाधार, स्वच्छ उर्जा, जलस्रोत तथा खानेपानी, मर्यादित श्रम, उत्पादनशिल रोजगारी तथा सामाजिक संरक्षक साथै सन्तुलित वातावरण, जलवायु तथा विपद उत्थानशीलमा लाग्ने गरी नेपालमा युवा नीति तर्जुमा र कार्यान्वयन गर्नु पर्ने हुन्छ ।
युवामा राष्ट्र, राष्ट्रिय र जनताप्रतिको बफादारी, युवाका आधारभुत आवश्यकताहरुको परिपूर्ति, समानता एवं समतामूलक वितरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवाधिकारको सिद्धान्त, लोकतान्त्रीक मूल्य मान्यता, विश्व शान्ति, सहअस्तित्व, जाति, भाषा,संस्कृति र वातावरणीय सम्पदाको संरक्षण र संबद्र्धन जस्ता आधारभुत मूल्य मान्यताहरुको प्रवद्र्धन हेतु राष्ट्रिय युवा नीति, २०६६ जारी गरिएको थियो । युवा उद्यमशिलता प्रवद्र्धन, रोजगारी सिर्जना तथा श्रम बजार सुधार, प्रविधि र नवप्रवर्तनमा लगानी, वैदेशिक रोजगारीको सत्ता स्वदेशमै अवसर सिर्जना, राजनीतिक स्थिरता र युवा सहभागिताको लागि युवा नीति आवश्यकता रहेको छ । युवाहरु सामाजिक रुपान्तरण, शिक्षा, प्रविधि र नविनता र राष्ट्र निर्माणमा युवा शक्तिको अति आवश्यक मानिन्छ ।
विश्लेषणात्मक प्रस्तुती
आर्थिक नीति
आत्मनिर्भर अर्थतन्त्रको प्रर्वद्धनको लागि आयातमुखी अर्थतन्त्र उत्पादन तथा निर्यातमुखी अर्थतन्त्रको विकासमा लाग्नुपर्ने छ । उद्यमशिलता प्रर्वद्धन गर्न लागि स्टार्टअप तथा लघु उद्यमहरुलाई सहुलियतपुर्ण ऋण, कर छुट तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्छ । वैदेशिक रोजगार विस्थापनका लागि प्रवासी श्रमिकहरुलाई स्वदेशमै रोजगार सिर्जना गर्ने दीर्घकालीन रणनीतिमा विशेष ध्यान दिन जरुरी छ । युवालाई अवसर प्रदान गर्दै परिचालन गर्नेका लागि सबै तहको नीति निर्माणमा युवाको सार्थक सहभागिता बढाउने तथा युवाको क्षमता विकासको अवसर सिर्जना गर्नुपर्छ । ( सोह्रौ योजना, राष्ट्रिय योजना आयोग, पेज १२५ ) स्वस्थ, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माण गर्नमा लागि आर्थिक विकास र वृद्धि पहिलो प्राथमिकतामा रहनुपर्छ । साथै युवाहरु उद्यमशिलता र रोजगारीका अवसरहरु पर्याप्त, युवा शक्ति विदेश पयालन भई वैदेशिक रोजगारीमा हुनु, गरिबी हुनुलाई समस्याको रुपमा लिन सकिन्छ । ( प्रथम पञ्चवर्षीय योजना, गण्डकी प्रदेश नीति तथा योजना आयोग, पेज २२४ ) त्यसैगरी युवा जनशक्तिको विकास प्रदेश र समृद्धिको आधार युक्त सोच र युवा जनशक्तिलाई प्रदेशको सामाजिक र आर्थिक विकासमा मूलप्रवाहीकरण गर्ने लक्ष्य लिनु पर्दछ । युवाको सीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता वृद्धि गर्नु र युवाहरुलाई उद्यमशील, स्वरोगजार र स्वाबलम्बी बनाउनु पर्ने अपरिहार्य आवश्यकता रहेको छ । ( प्रथम पञ्चवर्षिय योजना, गण्डकी प्रदेश सरकार पेज न २२५ ) युवा रोजगारी प्रवद्र्धन गर्न रोजगार सम्बन्धी कार्ययोजना बनाई प्राथमिकताका साथ कार्यान्वयन गरिने छ । युवाका लागि रोजगारी अभिवृद्धि गर्न उद्यमशीलता तथा अन्य सिपमूलक एवं व्यावसायिक तालिम प्रदान गर्नुपर्छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न कृषि, कृषिजन्य उद्योग, पर्यटन, उर्जा, पुर्वाधार विकासमा जोड दिइने छ । युवालाई सार्वजनिक सेवामा आकर्षित गर्न उपयुक्त रणनीति तयार गरी त्यसका लागि आवश्यक सुविधा गरिने छ । रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जनाका लागि गाऊँ र शहरमा सहकारी स्थापना गर्न युवालाई प्रोत्साहन गरिनुपर्छ । युवामा उद्यमशिलता विकास गर्न व्यवसाय सिजर्ना सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । श्रमबजार र श्रमशक्ति उत्पादनमा देखिएको असामञ्जस्य कम गर्दै श्रम बजारको आवश्यकता अनुसार युवा जनशक्ति तयार गर्न जोड दिइने छ । कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यावसायीकरण मार्फत अर्धबेरोजगार युवालाई पुर्ण रोजगारीको अवसर सिर्जना गरिने छ । युवा सुचना केन्द्रको क्षमता अभिवृद्धि गरी सो मार्फत युवा रोजगार कार्यक्रमलाई समन्वयात्मक तरिकाले स्थानीय तहसम्म विस्तार गरिनुपर्छ । वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि स्वरोजगारी र उद्यम गर्न आवश्यक कार्यक्रम लिनु पर्छ । ( राष्ट्रिय युवा नीति , २०७२ पेज ७ )
सामाजिक नीति
गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नका लागि व्यवसायिक तथा प्रविधिमैत्री शिक्षा प्रणाली लागु गरी दक्ष जनशक्ति उत्पादनमा दलाली गर्न हुदैन । स्वास्थ्य प्रणाली सुद्धढीकरणका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा, टेलिमेडिसिन प्रर्वद्धन तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार विकास गर्नमा धेरै ढिला भएको छ । त्यसै गरी समावेशी विकासका लागि सीमान्तकृत समुदाय, महिला, दलित तथा अपांगता भएका व्यक्तिहरुलाई सार्वजनिक सेवामा प्राथमिकता दिदै समृद्धि र समुन्नत विकासका लागि परिणाम दिने खालको हुुनुपर्छ । नेपालको संविधानले युवा सशक्तिकरण मार्फत देशको सर्वाङगीण विकास गर्ने नीति लिएको छ । नेपालमा कुल जनसख्या मध्ये ४३ प्रतिशत युवा रहेको सन्दर्भमा जनसाङख्यिक लाभको उपयोग उच्चतम सम्भावनाको क्षेत्रका रुपमा रहेको छ । सामाजिक विकास तथा रुपान्तरणमा युवा जनशक्तिको परिचालन समृद्धि र समुन्नतिको पूर्वसर्त हो । प्रदेश सरकारले युवामा सकारात्मक सोच, सिप, क्षमता र नेतृत्व विकास गरी सिर्जनशील तथा उद्यमी युवा जनशक्ति निर्माणलाई महत्व दिएको छ । ( दोश्रो पञ्चवर्षीय योजना, साउन, २०८१ ) । शिक्षालाई वैज्ञानिक, व्यावहारिक र सिपमूलक बनाउँदै श्रमसँग आबद्ध गरी कम्तीमा उच्च माध्यमिक तहको शिक्षा पश्चात सामान्य जीविकोपार्जन गर्न सक्षम बनाइने छ । नेपालको जलसम्पदा, वनसम्पदा, पर्यटकीय सम्पदा, कृषि, पशुपालन, खानी, वन विज्ञान, जडीबुटी उत्पादन तथा प्रशोधन लगायतका विषयमा जोड दिई प्राविधिक शिक्षालयहरु स्थापना गरी प्राविधिक जनशक्ति तयार गर्नुपर्छ । उच्चशिक्षाको अध्ययनलाई सहज र सुलभ बनाउन युवाका लागि शैक्षिक ऋणको व्यवस्था मिलाउनुका साथै दूर शिक्षा र खुल्ला विश्वविद्यालय मार्फत उच्च शिक्षाको अवसर विस्तार गरिने छ । दिगो शान्ति, राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक मूल्य मान्यता, कानुनी राज्य, नागरिक अधिकार एवं दायित्वप्रति उन्मुख बनाउने खालका शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ । प्रतिभावान तथा विशेष प्राथमिकताको समुहमा पर्ने युवाका लागि छात्रवृक्ति तथा शैक्षिक ऋणको व्यवस्था मिलाउने हुनुपर्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारमा आवश्यक दक्ष जनशक्ति विकास गर्ने खालका शैक्षिक कार्यक्रम सञ्चालन गरी विदेशी श्रम बजारमा संलग्न युवालाई लक्षित गरी विशेष शैक्षिक कार्यक्रम सञ्चालन गरिने छ । औपचारिक शिक्षाबाट वञ्चित युवाका लागि आवश्यक सिपमूलक तालिम तथा साक्षरता कार्यक्रम सञ्चालन गरिनुपर्छ । शिक्षामा सूचना प्रविधिको प्रयोगको प्रयोगलाई जोड दिदै दूर शिक्षा र खुल्ला विश्वविद्यालयका माध्यमबाट समेत प्राविधिक शिक्षा दिने व्यवस्था मिलाउनुपर्छ । ( राष्ट्रिय युवा नीति, २०७२ , पेज ६ )
प्रविधि तथा नवप्रवर्तन नीति
कृषिमा प्रविधिको उपयोग गर्न लागि स्मार्ट कृषि, जैविक खेती तथा ड्रोन प्रविधि, कृत्रिम बौद्धिकताको प्रयोग गर्नुपर्ने हुन्छ । डिजिटल नेपाल कार्यक्रमलाई तिव्रता दिनको लागि डिजिटल सरकार, ईगभर्नेन्स र साइबर सुरक्षा सुद्धढीकरणमा बढी मात्रामा लगाव हुनुपर्छ । सुचना प्रविधि र नवप्रबर्तनमा लगानी बढाएर युवा उद्यमशीलतालाई प्रविधिमा आधारित व्यवसायमा प्रोत्सान गर्नुपदर्छ । विज्ञान तथा सूचना प्रविधिमा युवाको पहुँचमा युवा प्रतिभालाई प्रोत्साहन गर्ने तथा विदेशमा अध्ययन तथा तालिमको व्यवस्था गरी स्वदेशमा सम्मानित स्थान दिने वातावरण तयार गर्ने नीति आवश्यक छ । साधन स्रोतहरुको उपयोग, कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा प्रशोधन, जलविद्युत लगायतका क्षेत्रमा आधुनिक प्रविधिको विकासमा मेधावी युवालाई आकर्षित गर्न विशेष छात्रवृत्ति व्यवस्था गर्ने व्यवस्था हुनुपर्छ । सुचना तथा सञ्चार प्रविधिमा ग्रामीण क्षेत्रका युवाको पहुँच कायम गर्न समन्वयात्मक ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्छ । विशेष प्राथमिकताको समुहमा परेका युवाका लागि सूचना प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिनुपर्छ । विश्वव्यापीकरणको युगमा सूचना र सञ्चार प्रविधिमा दक्ष बनाउँदै नेपाली युवालाई विश्व बजारमा प्रतिस्पर्धा बनाउनुपर्छ । ( राष्ट्रिय युवा नीति २०७२, पेज १२ )
भूराजनीतिक नीति
सन्तुलीत कुटनीतिमा क्षमता अभिवृद्धि गरेर नेपालले भारत, चीन, अमेरिका, युरोपियन तथा अन्य अन्र्राष्ट्रिय संस्थाहरुसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने छ । बढी व्याजदरको ऋण भन्दा अनुदान र सहुलियत दरमा ऋण लिन सक्ने कुटनीतिक नीति बनाएर लागुगर्नुपर्छ । नेपालमा सार्वजनिक निजी साझेदारीको विकास गर्नका लागि पुर्वाधार निर्माणमा विदेशी लगानीको उचित उपयोग गर्न सकिन्छ । व्यापार, ऊर्जा, पर्यटन र प्रविधिको साझेदारी गरेर असल अभ्यासको सिकाइको उपलब्धी हासिल गर्नुपर्छ । युवाहरुमा राष्ट्रभाव भएको सदाचारी युवा निर्माण गर्ने हिसाबले युवामा राष्ट्रियता, नैतिकता, अनुशासन, स्थानीय संस्कृति, स्वयमसेवी भावना र असल संस्कारको विकास गर्ने, यसैक्रममा निजी क्षेत्रले समेत संस्थागत सामाजिक उत्तरदायित्व मार्फत योगदान गर्न अनिवार्य गर्ने नीतिलाई काम गर्ने हुनुपर्छ । ( सोह्रौ योजना, राष्ट्रिय योजना आयोग पेज १११ ) युवालाई परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्तिका रुपमा विकास गर्न राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, लोकतन्त्र र मानव अधिकारका आधारभुत सिद्धान्त एवं मूल्य मान्यताहरु बोध गराउने कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ । राज्यका नीति निर्माणका अर्थपुर्ण योगदान पुरयाउन युवालाई आर्थिक, सामाजिक, राजनीतिक एवं सास्कृतिक सशक्तिकरणका माध्यमबाट प्रोत्साहन गरिनेछ । विश्वशान्ति, सौहाद्र्रता, भाइचारा एवं विश्व अन्तरसम्बन्ध बारे युवालाई जागरुक गराउँदै सहस्राब्दी विकास लक्ष्यका अपुरा कार्य र सन् २०१५ पछिका नयाँ प्राथमिकताका क्षेत्र लगायत अन्र्तराष्ट्रिय स्तरमा गरिएका युवा सम्बन्धी प्रतिबद्धताहरुको परिपालनामा जोड दिइने छ । राज्यका विभिन्न निकायबाट युवाका लागि सञ्चालन गरिने कार्यक्रमहरुलाई समन्वय गर्ने एकिकृत प्रणाली विकास गरिने छ । विश्वव्यापी रुपमा विस्तार हुँदै गइरहेको दुव्र्यसनमुलक र गैरसामाजिक क्रियाकलापहरुबाट नेपाली युवालाई मुक्त गर्दै युवामा सकारात्मक सोच र संस्कृति विकास गर्ने तर्फ सामाजिक प्रयासहरु लक्षित गरिनें छ । देशको आर्थिक, सामाजिक तथा शासकीय पद्धतिको रुपान्तरणको प्रक्रियामा युवाको भुमिकालाई उच्च महत्व दिंदै सो प्रक्रियामा युवाको संलग्नता र नेतृत्वलाई वढावा दिइने छ । ( राष्ट्रिय युवा नीति,२०७२ को पेज ४ र ५ )
शिक्षा नीति
युवालाई शिक्षा पहिलो विकासको खुदकिलो हो भन्ने बारेमा अवगत गराउँदै युवाको उमेर समुहको आवश्यकतालाई दृष्टिगत गर्दै शिक्षा आर्जन तथा वृत्तिको अवसरको खोजीमा रहेका युवालाई लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्छ । युवामा नैतिकता, चारित्रिक गुण तथा अनुशासन विकास गर्न चेतननामूलक कार्यक्रमहरु सञ्चालन गरी राज्य र समाजप्रति दायित्वबोध गराउने र श्रमप्रति सम्मान गर्ने सस्कार विकास गरिने छ । समाजमा विद्यमान गरिबी, अशिक्षा, छुवाछुत, कुरीति, लैगिंक हिंसा,विभेद र विषमता जस्ता समस्या हटाउन युवा परिचालन गर्ने नीति लिइने छ । मुलुकका विभिन्न क्षेत्रमा विशेष योगदान गरेका युवा प्रतिभालाई राज्यका तर्फबाट सम्मान गरिने छ । त्यसैगरी साहित्य,कला, संस्कृति, संगित, अभिनय र खेलकुद जस्ता सिर्जनशील क्षेत्रका युवाको संलग्नतालाई प्रोत्साहान गरिने छ । गुणस्तरीय शिक्षा, तालिम, अध्ययन र अनुसन्धानका अवसरहरु सिर्जना गरिने छ । ( राष्ट्रिय युवा नीति, २०७२ पेज ५ )
जलवायु परिर्वतन तथा वातावरणीय नीति
पृथ्वी जिवजन्तुको साझा घर भएकोले भावी पुस्ताहरुको लागि जे जस्तो अवस्थामा सोही अवस्थामा पुस्तान्तरण गर्ने दायित्व र कर्तव्य आम मानवहरुको भएको विषय समसायिक रुपमा रहेको पाउन सकिन्छ । समुन्द्र सतह बढदै जाने, हिमालका हिऊँहरु पग्लेर कालो पहाडको रुपमा हिमाल टल्कीने वातावरण अहिले सृजना भएको छ । नयाँ नयाँ रोगहरुको उत्पन्नले जिवजगतलाई संरक्षण र सम्वद्र्धन गर्नमा युवा पुस्ता लाग्नुपर्ने भएको छ । त्यसैले जलवायु परिवर्तन र वातावरणीय नीतिलाई बढदो पृथ्वीको तापक्रम, पानीका मुहानहरु सक्दै जानु र खेती तरकारी एक दुई महिना अगावै उत्पादन हुनुले जलवायु परिर्वतन र वातावरणीय संरक्षणलाई युवालाई समाहित गरेर आगामी दिनमा जानुपर्ने आवश्यकता रहेको छ । जैविक विविधता, हिमाल, हिमताल, सिमसार क्षेत्र र जलाधार संरक्षण गर्न युवा परिचालन गरिने छ । विश्वव्यापी जलवायु परिवर्तन, तापमानमा वृद्धि, जलवायु प्रदूषण, प्राकृतिक श्रोतको अति दोहन रोक्ने आवश्यक काममा युवा परिचालन गरिने छ । दिगो विकास तथा वातावरण संरक्षणमा युवा समुहहरुको सहभागिता बढाउने कार्यक्रमहरुलाई प्राथमिकता दिइने छ । ( राष्ट्रिय युवा नीति,२०७२, पेज १२)
राष्टिय« युवा नीति २०७२मा शिक्षा, रोजगारी, स्वास्थ्य तथा सामाजिक सुरक्षा, युवा सशक्तीकरण तथा नेतृत्व विकास, सहभागिता तथा परिचालन, कला, साहित्य, संस्कृति, खेलकुद र मनोरञ्जन क्षेत्रमा कार्यनीतिहरु तर्जुमा गरेको छ । त्यसै लागु पदार्थको दुव्र्यसन नियन्त्रण, मानव तस्करी तथा वेचविखन नियन्त्रण, अपराध तथा हिंसा संलग्न युवालाई मुक्त गर्ने, वातावरण संरक्षण र दिगो विकासमा युवा सहभागिता, विज्ञान तथा सुचना प्रविधिमा युवाको पहुँच, दिगो शान्ति स्थापना र द्धन्द्ध समाधानमा युवा सहभागिता, समविकासमा बढी ध्यान केन्द्रित गर्न जरुरी छ । त्यसैगरी विशेष समुहगत प्राथमिकता, साझेदारी अवधारणा, सस्थागत व्यवस्थामा सरकारी क्षेत्र, गैरसरकारी एवं निजी क्षेत्रमा पनि आर्थिक पक्षलाई केन्द्र विन्दुमा राखेर सुखी नेपाली र समृद्ध नेपाल बनाउनमा प्रगतीशिल कदम चाल्नमा हातेमालो गर्न जरुरी भएको छ । सबै वर्ग, लिंग, जातजाति, धर्म, वर्ण र क्षेत्रका युवाका विविधतालाई दृष्टिगत गर्दै सशक्तिकरण र विकासका लागि समान अवसर सिर्जना गरिने छ ।
निष्कर्ष
नेपाल जस्तो युवा प्रधान र कृषि प्रधान देशमा प्रभावकारी युवा नीति कार्यान्वयन अपरिहार्य छ । आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रहरुमा युवाहरुले खेल्न सक्ने भुमिकालाई सस्थागत गर्न सकिएमा देशले दिगो विकासको मार्ग तय गर्न सक्छ । पहाडी भेगमा रित्तो बस्तीमा नयाँ आयामका चहलपहल ल्याउनमा जरुरी भएको छ । बेरोजगारी, विदेश पलायन, शिक्षा र सीप अभाव तथा न्युन राजनीतिक सहभागीता जस्ता चूनौतीहरुको दिर्घकालीन समाधानका लागि युवा लक्षित नीति आवश्यक छ । युवामा उद्यमशिलता, प्रवद्र्धन, आधुनिक शिक्षा प्रणाली र नवप्रर्वतनमा पहुँच, नेतृत्व विकास र सामाजिक सुरक्षा जस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्छ । नेपालमा संघियता कार्यान्वयन, भ्रष्टाचार, प्रशासनिक जटिलता, आर्थिक श्रोत अभाव र समन्वयको कमी प्रमुख समस्यालाई चिर्न जरुरी भएको छ । राजनीतिक स्थिरता, दक्ष जनशक्ति, पारदर्शिता, प्रविधिको उपयोग, नागरिक सहभागी र नीति निरन्तरतामा ध्यान दिनु आवश्यक छ । दीर्घकालीन सोच, कडा कार्यान्वयन नीति र प्रभावकारी अनुगमन प्रणाली अपनाउनको लागि सहज र प्रभावकारी बनाउनमा ढिला गर्नुहुँदैन भन्ने आम सरोकारवाला समुदायको रहेको छ । त्यसैगरी आर्थिक, सामाजिक, प्रविधि, भूराजनीतिक र वातावरणीय नीतिहरुलाई दीर्घकालीन दृष्टिकोणबाट पुनःसरचना गर्न अति आवश्यक छ । युवा नीतिलाई प्रभावकारी, समावेशी तथा प्रविधि मैत्री हुनुपर्छ, जसले दीर्घकालीन दिगोपना सुनिश्चित गर्न सक्छ । जसका कारणले निकट भविष्यमा समृद्ध, आत्मनिर्भर तथा प्रविधिमैत्री राष्ट्रको रुपमा विकसित हुन सक्छ । व्यवहारिक दृष्टिकोणका हिसाबले सरकार, निजी क्षेत्र र युवाहरुको समन्वयमा ठोस कार्यान्वयन सही तरिकाले गरेर स्वदेशमै अवसर सिर्जना गर्दै दिगो यृवाहरुको उज्यालो भविष्य निर्माण गर्ने मोडेल अपनाउनु जरुरी छ । अन्तमा अबको बाटो शिक्षा, सीप, रोगजारी र उद्यमशिलताको समायोजन गर्नमा लाग्न ढिला गर्नु हुदैन ।





