पोखरा/ढोरपाटनकर्मी विशन क्षेत्री संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न संसदीय पत्रकार मञ्चको छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले क्षेत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले २० मत प्राप्त गर्दा निर्वाचनमा होमिएका रोहितराज पराजुलीले १६ मत पाए । संसदीय पत्रकार मञ्चमा ३६ जना सदस्य छन् ।
समितिको उपाध्यक्षमा अनुप पौडेल २३ मतसहित निर्वाचित भए । सचिवमा युवराज गुरुङ ‘युनिश’ निर्विरोध हुँदा कोषाध्यक्षमा ऋषिराम बराल विजयी भए । उपाध्यक्षमा युवराज श्रेष्ठ र कोषाध्यक्षमा फणिन्द्र अधिकारी प्रतिस्पर्धामा उत्रिएका थिए । समितिको सहसचिवमा उमा आले निर्विरोध बनिन् । सदस्यहरुमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल निर्विरोध बने ।
यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिवेशनको उद्घाटन गरेका थिए । मञ्चका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । निर्वाचन समितिको संयोजकमा पत्रकार तथा अधिवक्ता रमेश पौडेल संयोजक रहेका थिए भने प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछाने र मञ्चका पूर्वअध्यक्ष लालप्रसाद शर्मा सदस्य रहेका थिए ।





