बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शाह परिवार भन्छ, लामा आफन्त हुन्

शाह परिवार भन्छ, लामा आफन्त हुन्

‘बिचौलिया भनि दाबी गरिएका सुजन लामा हाम्रो परिवारको सदस्य हुनुहुन्छ । उहाँ स्वर्गीय दुर्गादेवी शाहको नाती सुनिल शाह ठकुरीको मित नाता समेत हुनुहुन्छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘उहाँले पारिवारिक सहयोगीको भुमिका निभाएको समेतको विषयलाई अतिरञ्जित गरि भ्रमपूर्ण खबर फैलाएकोमा हाम्रो आपत्ति छ ।’


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८२, शुक्रबार

पोखरा/बहुचर्चित पोखरा १६ को लिचीबारी प्रकरणमा शाह परिवारले मुख खोलेका छन् । बिर्तामा जग्गा पाएको शाह परिवारले चाहिँ लामा बिचौलिया नभई आफन्त रहेको प्रष्टिकरण दिएका छन् । उनीहरुले मिडियाले बिचौलिया भनेका लामा परिवारको सदस्य रहेको बताएका छन् । दुर्गादेवीका नातीद्वय भिमसेन शाह र सुरज शाहले विज्ञप्ती जारी गर्दै लामा परिवारको सदस्य रहेको बताए ।

‘बिचौलिया भनि दाबी गरिएका सुजन लामा हाम्रो परिवारको सदस्य हुनुहुन्छ । उहाँ स्वर्गीय दुर्गादेवी शाहको नाती सुनिल शाह ठकुरीको मित नाता समेत हुनुहुन्छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘उहाँले पारिवारिक सहयोगीको भुमिका निभाएको समेतको विषयलाई अतिरञ्जित गरि भ्रमपूर्ण खबर फैलाएकोमा हाम्रो आपत्ति छ ।’

विवादित भनिएको जग्गालाई प्रष्टरुपमा अदालतले दुर्गादेवीको नाममा कायम गरिदिएको उनीहरुको भनाई छ । ‘दुर्गादेवी शाह वादी र प्रतिवादी राजेन्द्रजंग राणा समेत भएको जग्गा खिचलो लिखत बदर मुद्धा र निज दुर्गादेवी शाह वादी र प्रतिवादी ना.सु. होमबहादुर थापा समेत भएको जग्गा जालसाजी समेतको मुद्धामा कास्की जिल्ला अदालतले स्वर्गीय दुर्गादेवी शाहको दाबी पुग्ने ठहर भई फैसला भएको यहाँहरुलाई जानकारी गराउँछौँ ।’ उनीहरुले भनेका छन् ।

अदालतको ४० वर्ष अगाडिको यही फैसलालाई लिएर अहिले भूमाफियाहरुले जग्गा दर्ता गर्न खोजिरहेका छन् । लामा सोही प्रकरणमा बिचौलियाको भूमिकामा सक्रिय भएका थिए । तर, शाह परिवारले भने अदालतको आदेश देखाउँदै जग्गामा दाबी गर्दै आएको छ ।

तत्कालीन गण्डकी अञ्चल पोखरामा २०३९ सालमा नै पुनरावेदन भएको र पश्चिमाञ्चल क्षेत्रीय अदालतले पनि जिल्ला अदालतको फैसला अनुसार दुर्गादेवी शाहको हकभोगमा रहेको नक्सा नं. २५, २६ र २८ को जग्गा दुर्गादेवीको नै हक कायम हुने गरि फैसला गरेको थियो । शाह परिवारले अदालतको फैसला आउँदा पनि उक्त जग्गा दुर्गादेवी शाहको हकदारहरुले आफ्नो नाममा दर्ता कायम गर्नको लागि सम्पूर्ण प्रक्रिया पु¥याएको तर राज्यका निकायहरुले अदालतको फैसला हालसम्म पनि कार्यान्वयन नगरी पीडितलाई थप पीडा दिएको बताएका छन् ।

यही जग्गाको बारेमा उच्च अदालत पोखराले २०८० पुष २३ गते मालपोत कार्यालयलाई पत्र पठाउँदै दुर्गादेवी शाहको हक कायम हुने जानकारी गराएको थियो । उनीहरुले वास्तविकता नबुझी मिडियाहरुले भ्रमपूर्ण समाचार प्रकाशन गरेको बताएका छन् । ‘राष्ट्रिय स्तरका दैनिक र अनलाइनले प्रकाशन गरेका समाचारले वास्तविकता ढाकछोप गर्दै झुट र अफवाहलाई बढावा दिइएका छन् । अहिले जुन जग्गामा विवाद निकालिएको छ । कास्की जिल्ला अदालतले स्वर्गीय हाम्री हजुरआमा दुर्गादेवी शाहको पक्षमा फैसला गरेको छ । र, फेरि अदालतमा पुनरावेदन पनि प¥यो । त्यसमा पुनरावेदन अदालतले कित्ता नम्बर २५, २६ र २८ लाई ०३९ सालमा जिल्लाको फैसला सदर गरेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

०५९ सालमा दुर्गादेवीको मृत्यु भए पनि त्यसपछि जग्गाको हकदाबी गरेको देखिँदैन । एक्कासी नाती सुरज शाह ठकुरी, सुनील शाह ठकुरी र नातिनी बुहारी गीतादेवी शाहले २३ माघ २०८० मा मालपोत कार्यालयमा फैसला कार्यान्वयनका लागि निवेदन बुझाएको देखिन्छ । त्यसपछि मात्र उनीहरुले फैसला कार्यान्वयन गर्न बिचौलियासँग साँठगाठ गरेको तथ्यहरुले देखाउँछन् । मालपोतमा निवेदन दिएकै दिन बिचौलियासँग उनीहरुको सम्झौता भएको छ । जग्गा दर्ता गर्न सफल भए ३३ प्रतिशत नातिहरु सुरज र सुनील ठकुरी र नातिनी बुहारी गीतादेवीले पाउने भनिएको छ । बाँकी ४० प्रतिशत स्याङ्जाकी यमकुमारी गुरुङ र २७ प्रतिशत देवबहादुर मल्लले पाउने करारनामा गरिएको छ । प्रक्रियामा लाग्ने सबै खर्च गुरुङ र मल्लले गर्ने सम्झौतामा उल्लेख छ ।

करारनामाको साक्षीमा बिचौलिया सुरज लामासमेत बसेका छन् । त्यहीँ जग्गाको दर्ता मिलाउन घूस डिल गरेको अडियोको बाहिरिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले मंगलबार राजीनामा दिएका छन् । अडियोमा भूमी आयोग कास्की अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घूस लेनदेन गरिएको सुनिन्छ । त्यसको चाँजोपाजो उनै सुजनले मिलाएका थिए । अडियोमा लामा भूमि आयोग कास्कीको अध्यक्षमा खमबहादुर पुन (खेम) लाई नियुक्त गर्न मन्त्री गुप्तालाई २५ लाख रुपैयाँ बुझाउन तयार सुनिन्छन् ।

यस्तै, लमजुङ मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीलाई कास्की सरुवा गराउन ५३ लाख घूस दिइएको भन्दै ती नोटको नम्बरसहित अख्तियारमा उजुरी परेको छ । त्यसअघि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरूवा रोकिएको थियो । २०७९ पुस २० गते कास्कीमा अधिकारीले कार्यभार सम्हालेका थिए । २०८० मंसिरमा उनको सरुवा बागलुङमा भयो । त्यति बेला बिचौलियाहरूको प्रयासमा अधिकारीको कास्कीमै थमौती भएको थियो ।

यो प्रकरणमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएकी छन् । गुप्ता र श्रेष्ठ त पोखरा १६ मा रहेको उक्त जग्गाको रेकी समेत गरेर फर्केका थिए । अहिले पनि बहालवाला भूमि व्यवस्था, सहकारी तगा गरिबी निवारण मन्त्री बलराम अधिकारी समेत जोडिएका छन् । यही जग्गाको लागि ३२ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->