बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङ कारागारको पर्खाल भत्कदा कैदीलाई पोखरा र दमौली सारियो

लमजुङ कारागारको पर्खाल भत्कदा कैदीलाई पोखरा र दमौली सारियो

लमजुङ कारागारमा १ सय ८ जना कैदी र थुनुवा रहेका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङले एक प्रहरीसहित १ सय ९ जनाको स्थानान्तरण गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८२, आइतबार

पोखरा/लमजुङको सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि कारागार खाली गरिएको छ । वर्षाको कारण पर्खाल भत्किएपछि कारागारमा रहेका सबै कैदी र थुनुवालाई शनिबार पोखरा र दमौलीस्थित कारागारमा स्थानान्तरण गरिएको छ ।

लमजुङ कारागारमा १ सय ८ जना कैदी र थुनुवा रहेका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङले एक प्रहरीसहित १ सय ९ जनाको स्थानान्तरण गरेको हो । कारागार प्रशासक बेनीबहादुर मोक्तानले ६ महिला र २५ जना पुरुष गरी ३१ जनालाई दमौलीस्थित कारागारमा पठाएको जानकारी दिए । बाँकी ७८ जना कैदी र थुनुवालाई पोखरास्थित कारागार पठाएको उनले बताए ।

कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने ढोका नजिकै दायाँतर्फको पर्खाल वर्षाका कारण बुधबार भत्किएको थियो । भत्किएको पर्खाल अझ भत्किने जोखिम बढेपछि असुरक्षाका कारण उनीहरुलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए ।

प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पुरुष कैदी र थुनुवालाई ४ वटा ठूला बस र महिला कैदी र थुनुवालाई एउटा माइक्रो बसमा राखेर दमौली र पोखरा पठाइएको हो । उनीहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेर लगिएको उनले जानकारी दिए ।

कारागार मर्मत नभएसम्मका लागि कैदी र थुनुवाहरु पोखरा र दमौली बस्नेछन् । २०२८ सालमा कुन्छाबाट सदरमुकाम बेंसीसहर सरेको बेला कारागार निर्माण भएको थियो । १० जना महिला र २५ जना पुरुष गरी ३५ जना क्षमताको कारागारमा तेब्बर बढी कैदी र थुनुवा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->