बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जन्मेको भोलिपल्टै शिशु मारे, ९ महिनापश्चात अर्को जन्माउँदा प्रहरीको फन्दामा

जन्मेको भोलिपल्टै शिशु मारे, ९ महिनापश्चात अर्को जन्माउँदा प्रहरीको फन्दामा

प्रहरीसंगको प्रारम्भिक बयानमा गोविन्दले भनेका छन्,– ‘मलाई पैसाको अभावले पालनपोषण गर्न गाह्रो छ । नपाउँ भन्दाभन्दै पनि श्रीमतीको रहरले पाइयो तत्काल पालनपोषणमा गाह्रो हुने देखेर दुई मुक्का टाउकोमा प्रहार गरे घाटी थिचेर मैले मारेको हो ।’


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८२, बुधबार

पोखरा/गत वर्षको असोज १२ गते पोखरा १४ चाउथेमा एक नवजात शिशु मृत अवस्थामा फेला प¥यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट १२ गते डिस्चार्ज भइ गएको एक दम्पतिले शिशुु बनिरहेको पृथ्वीराजमार्गको खाल्डोमा फालेर हिंडेका थिए । तत्काल प्रहरी अनुसन्धानबाट नुुवाकोट बेलकोट वडानम्बर ९ घर भएका गोविन्द लामिछाने र सुुभद्रा लामिछानेको बच्चा रहेको खुल्यो । उनीहरु चाउथेमै बस्दै आएको भन्ने कुरा पनि आयो तर प्रहरीले फेला पार्न सकेन ।

नवजात शिशु त्यसरी फालेर हिड्नेको पहिचाननै सक्कल हो वा नक्कल भन्नेमा प्रहरी पनि सशंकित थियो । तथापि, प्रहरीले दुवै पक्षबाट अनुसन्धान थाल्यो तर, हत्या गर्ने व्यक्ति भेटेन । शिशुको हत्या गर्ने ती दुईले यतिसम्म गरेका थिए कि, अस्पतालको विवरणमा र शिशुको जन्मदर्तामा फरक नाम राखेका थिए । यसरी फरक नाम राख्दा प्रहरीले हाडनाताको सम्बन्ध रहेकोसमेत अनुमान लगायो । सुभद्रा असोज ११ गते भर्ना भएको र १२ गते डिस्चार्ज भएर निस्कीएकी थिइन् ।

अहिले पुनः अस्पतालमा सुत्केरी भएर पुगेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पोखरामा लुकीछुपी १० महिना बसेपछि शुभद्रालाई सुत्केरी वेथा लागेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार पुगेका थिए । अस्पतालमा डेलिभरिका लागि नै आएको गोप्य सूचनापश्चात प्रहरीले तत्कालै बैठक बसी पुनः बच्चको हत्या हुन सक्ने अनुमानसमेत गर्दै सचेत हुँदै पक्राउ गर्न सफल भएको हो । गोविन्दले शिशुको हत्या तत्काल आफुहरुसँग पैसा नभएको र पाल्न नसक्ने भन्दै टाउकोमा प्रहार गर्दै घाटी थिचेर हत्या गरेको बयान दिएका दिए पनि यसमा हाडनाता जोडिन सक्ने अनुमान छ ।

ओमबहादुरले नयाँ जेब्रा झोला खोल्दा भेटेका थिए शव
अमरसिंहचोकबाट लेखनाथतर्फ जाँदा विजयपुरको ओरालोको बायाँ ब्लक उद्योग छ । ओमबहादुर दर्जी त्यही उद्योगमा काम गर्छन् । २०८१ असोज १३ गते साँझ ओमबहादुर औषधि र तरकारी किन्ने पैसा माग्न साहुकहाँ पुग्छन् । राजमार्ग चक्ल्याउने काम चल्दै थियो । डोजरले खाल्डो खनेको थियो त्यहि खाल्डोमा थियो नयाँ जेब्रे झोला । राम्रो झोला देखेपछि उनले खाडलमा पुगेर चिहाए । केही सामान भएको जस्तो देखे झोलाको चेन खुल्ला थियो उनले हेरे, ‘नयाँ झोला थियो अलिकति चेन खुुल्ला थियो । पुरै चेन खोल्न परेको पनि थिएन । भित्र नयाँ जस्तो ब्ल्याङ्केट थियो, प्लाष्टिकको बाटा पनि थियो अनि भित्र छाम्दा गिलोगिलो भयो । यसो हेरेको त बच्चा पो रहेछ । अस्पतालका कागजपत्र पनि त्यहीँ थिए । त्यो नालाको लागि खनिएको खाल्डो हो । अनि भाइ आयो । मैले बच्चा जस्तो छ भाइ योभित्र, भनेपछि उसले पनि हे¥यो र माथि ल्याएर राखिदियो ।’ ओमबहादुर पछि त्यहाँ नरेन्द्र बुुढाथोकी पुगेका थिए । तिनै नरेन्द्रले खाल्डोबाट निकालेका थिए । ‘जन्मिएको धेरै भएको जस्तो देखिँदैन । मैले पूरै शरीर देखिन । खोलेर पनि हेरिएन र सर (बसन्तराज आचार्य) लाई प्रहरीलाई खबर गर्न भनेँ । बाबु थियो । मरिसकेको थियो । प्रहरी आएपछि हेर्दा बच्चा निकै राम्रो थियो । बेलुका पखमात्रै देखेका हौं । कतिखेर ल्याएर राख्यो अन्दाजमा भन्न सकिएन । जेब्रामा हिलो पनि लागेको छैन । त्यो हेर्दा विहान राखेको हुन सक्छ । त्यतिखेरै किनेर ल्याएको जस्तो देखिन्छ ।’ बसन्तराज आचार्यले भने खाल्डोबाट निकालेर झोला राखेपछि तस्ती हिड्ने प्रहरीलाई खबर गरेका थिए ।

मुद्धा चलायौं, श्रीमति अस्पतालमै हाम्रो निगरानीमा छ : एसपी ओलिया
उता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले घटनामा संलग्नलाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार गोविन्द लामिछाने पक्राउ परेका छन् । गत वर्षको असोज १३ गते बेलुकापख जेब्रा झोलामा शंकास्पद नवजात शिशुको शव फेला परेको भन्ने खबरअनुसार जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको टोली पुगेर घटनाको अनुसन्धान गरेको एसपी ओलियाले बताए । उनका अनुसार पक्राउ पश्चात प्रारम्भिक अनुसन्धानमा गोविन्दले हत्या गरेको स्विकार गरेका छन् ।

‘तत्काल टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियो । पोष्टमार्टम प्रक्रिया पनि पूरा ग¥यौँ र हामीले कर्तव्य ज्यान मुद्धा दर्ता गरेर अनुसन्धान सुरु ग¥यौ । त्यसपछि यो को मान्छेको हो, कसरी यो घटना भयो, कसरी यो झोला कस्ले बोकेको थियो र कसरी भयो भन्ने किसिमले हाम्रो टिमले अनुसन्धान गरिरहेको थियो र यो मुद्दा अनुसन्धानकै क्रममा रहेको थियो’ एसपीले भने, ‘त्यो बेला उहाँ श्रीमतिलाई डेलिभरि गराउने क्रममा चाँही पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेको र डेलिभरि (सुत्केरी) भएर जाने क्रममा चाँही नवजात शिशुको टाउकोमा प्रहार गरी घाटीमा समातेर शास रोकेर बच्चको हत्या गरेको भन्ने कुरा प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मैले कसरी पक्राउ ग¥यौ भनेर जोड्न खोजेको चाँही उहाँ पुनः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि डेलिभरी गराउने क्रममा पक्राउ गर्न सफल भएका थियौं । बिचको समयमा लुकीछुपि बसेको अवस्थमा हामीले गोप्य रुपमा नै अनुसन्धान गरिरहेका थियौं । हामीले सूचना पनि जहाँतहीँ पठाएका थियौं । र हामी पक्राउ गर्न सफल भयौ ।’

गोविन्दले आफुले शिशुको टाउकोमा दुई मुक्का हानेको र घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । उनको बयान उधृत गर्दै एसपीले सुनाए, ‘उनले भनेका छन्, ‘मलाई पैसाको अभावले पालनपोषण गर्न गाह्रो छ । नपाउँ भन्दाभन्दै पनि श्रीमतीको रहरले पाइयो तत्काल पालनपोषणमा गाह्रो हुने देखेर दुई मुक्का टाउकोमा प्रहार गरे घाटी थिचेर मैले मारेको हो ।’ हाडनाताको विषयमा समेत अनुसन्धान गर्ने ओलियाले बताए । पोखरामा १४–१५ वर्ष अघि नै आएको रहेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->