बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पुष्पलालले देखेका सपना पूरा गर्नुपर्नेमा जोड

पुष्पलालले देखेका सपना पूरा गर्नुपर्नेमा जोड

४७ र्औ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुको पुष्पलाल समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलका विचारक भएकोमा जोड थियो ।


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८२, बुधबार

पोखरा/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम् विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, पुष्पलालले देखेका सपना पुरा गर्नु आजको आवश्यकता भएको आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीद्धारा मंगलबार पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा ४७ र्औ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुको पुष्पलाल समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलका विचारक भएकोमा जोड थियो ।

नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले सो केन्द्रमा रहेको पुष्पलालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै समाजको गुणात्मक परिवर्तनका लागि आप्mनो सम्पूर्ण जीवन पार्टी र क्रान्तिलाई समर्पित गर्ने पुष्पलाल पारिवारिक सहादतको इतिहासमा नेपाली लेनिन भएको बताए ।

नेपाली कम्युनिष्ट आन्दोलनमा स्वतन्त्र राष्ट्रिय चिन्तक, विचार, राजनीति, पार्टी संगठन, भौतिकवादी खोज अनुसन्धान तथा साहित्य निर्माणमा वैज्ञानिक योगदान गर्ने क्रान्तिकारी नैतिकवान नेता पुष्पलालले देखेका सपना पूरा गर्नु आजको आवश्यकता भएकोमा नेता अधिकारीको जोड थियो ।

नेकपा एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले यो मुलुकको विकास निर्माण र जनताको अधिकारको सुनिश्चितता एमाले वाहेक अरुले गर्न नसक्ने जिकिर गरे । सफलता प्राप्तिका लागि पार्टी कार्यकर्तालाई एकवद्ध एवम् संगठित भएर अघि बढ्नु पर्नेमा उनको जोड थियो ।

एमाले पोखरा महानगरपालिकाका अध्यक्ष जीवन आचार्यले विकट स्थानमा जन्मेर पनि पुष्पलाले नेपालको कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिकाप्रति चर्चा गरे । कार्यक्रममा महानगर उपाध्यक्ष नरेन्द्रनाथ ढुङ्गाना र सचिव शुशिल वस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिकाका सम्वन्धमा प्रकाश पारेका थिए ।

सो अवसरमा अध्ययन केन्द्रको अग्रभावमा रहेको पुष्पलाल र कास्कीका कम्युनिष्ट आन्दोलनका धरोहर वलराम उपाध्यायको अर्धकदको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तह र तप्कामा रहनु हुने नेतागण, कार्यकर्ता एवम् सर्वसाधारणको सहभागिता रहेको थियो ।

त्रिदिवसीय कार्यक्रम अन्तर्गत पाँच गते पोखरा ७ नुवारथोकस्थित पुष्पलाल स्मृति पार्कको सरसफाइ र राष्ट्रिय युवा संघद्धारा सातगते विहान पृथ्वीचोकमा खुल्ला रक्तदान र पार्टी उपमहासचिव प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यतामा साईमनमा विचार गोष्ठीको आयोजना गरिने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->