बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी प्रदेश प्रमुखद्वारा पूर्व प्रमुखको निधनमा शोक व्यक्त

गण्डकी प्रदेश प्रमुखद्वारा पूर्व प्रमुखको निधनमा शोक व्यक्त


  • ढाेरपाटन संवाददाता
  • साउन १० २०८२, शनिबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भट्टले शनिवारै शोक सन्देश जारी गर्दै गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित भएको जनाएका छन् । ‘करिब ३२ महिना गण्डकी प्रदेशबासीको अभिभावकका रूपमा प्रदेश प्रमुख पदमा रही प्रदेशको गहन जिम्मेवारी वहन गर्नुभएका कुशल एवं अनुभवी व्यक्तित्व गुरूङको निधनबाट ठूलो क्षति पुगेको मैले महसुस गरेको छु,’ उनले भनेका छन् ।

शोक सन्देशमा उल्लेख छ, ‘आफ्ना सबल अभिभावक गुमाएका स्वर्गीय गुरूङका शोक सन्तप्त परिवारजन र स्वजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँहरूप्रति समग्र गण्डकी प्रदेशबासी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।’ गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं. ४ मा जन्मिएका गुरूङका परिवार बसाइँसराइँ गरी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नंं. २६, दिव्यनगरमा बस्दै आएका थिए । पछिल्लो समय क्यान्सरसँग लडिरहेका गुरूङको ७६ वर्षको उमेरमा दिव्यनगरस्थित निवासमै शनिबार बिहान निधन भएको हो । उनको आइतबार अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

२०७८ साउन १२ गते प्रदेश प्रमुखमा नियुक्त गुरूङ २०८० फागुन २८ गते पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->