बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रगति टोललाई लेखनाथ खानेपानीले दियो डस्टविन

प्रगति टोललाई लेखनाथ खानेपानीले दियो डस्टविन


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८२, आइतबार

पोखरा / पोखरा महानगरपालिका–२९ मा रहेको प्रगति टोल विकास सस्थालाई लेखनाथ खानेपानी उपभोक्ता संस्थाले ६ थान डस्टविन सहयोग गरेको छ ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, उपाध्यक्ष पुष्पकमल ढुंगाना, सचिव नारायणी भट्राई रक्षा लगायतको टिमले प्रगति टोल विकास संस्थाका अन्तर्गत ओमकारेश्वर मन्दिर प्राङ्गणमा आयोजित एक कार्यक्रममा प्रगति टोल विकास संस्थाका उपाध्यक्ष वीरबहादुर खत्री,सचिव विष्णुहरि पौडेल,कोषाध्यक्ष सूर्यबहादुर वि क, सहसचिव राधिका अधिकारी सदस्यहरु मसिना भण्डारी, सम्झना तामाङ, कमला जिसी, विना सुवेदी लगायत पदाधिकारीहरु तथा पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गको उपस्थितिमा आइतबार डस्टविन सहयोग गरेको हो ।

डस्टविन सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले लेखनाथ खानेपानी उपभोक्ता संस्थाप्रति धन्यवाद ज्ञापन गरे । उनले स्थानीयको सहभागीता विना कुनै पनि काम सम्भव नहुने भन्दै सहयोगको सही उपयोग गर्न टोलवासीलाई आग्रह समेत गरे । लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले दुवै संस्थाको सरसफाईप्रतिको चासोलाई डस्टविन सहयोग महत्वपूर्ण हुने अपेक्षा गरे। टोलका उपाध्यक्ष वीरबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रम सचिव विष्णुहरि पौडेलले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->