बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

श्रीकृष्ण प्रणामी मन्दिरलाई पोखरा–८ र ७ वडाले सहयोग गर्ने

श्रीकृष्ण प्रणामी मन्दिरलाई पोखरा–८ र ७ वडाले सहयोग गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८२, शनिबार

पोखरा/  पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको विकासका लागि पोखरा–८ र ७ वडा कार्यालयले सहयोग गर्ने भएका छन् । विगत देखिनै मन्दिरको भौतिक निर्माणमा साथ र सहयोग गर्दै आइरहेको दुवै वडाले आगामी दिनमा पनि सहयोग गर्ने भएका हुन् ।

मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको १९ औं दिन शनिवार सहभागी वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बराल र वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्यले श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक बिकासका लागि साथ र सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरेका हुन । बरालले आफु ७ वर्षदेखि जनप्रतिनिधीको रुपमा वडाको प्रमुख भएर आएदेखि हालसम्म मन्दिरका लागि १८ लाख रुपैयाँ निकासा गरिसकेको बताउदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष बरालले आफुले वडाभित्रका मन्दिरहरुलाई सहयोग गर्दै आइरहेको र यस मन्दिरमा धार्मिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी असोजमा आयोजना गर्ने कार्यक्रमका लागि समेत आफ्नो वडाको तर्फबाट सहयोग गर्ने बताए ।

अर्का वडाध्यक्ष आचार्यले मन्दिर वडा नं ८ मा स्थापित रहेको भएतापनि वडा नं ७ र ८ को महत्वपूर्ण धार्मिक स्थल रहेको बताए । मन्दिरलाई आफ्नो वडाबाट सहयोगलाई निरन्तरता दिदै यो पटक समेत मन्दिरको रंगरोगनका लागि लाख प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे । श्रीमदवीतकको १९ औं दिनसम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको छ । श्रीमदवीतकमा भारतको सिलगुडीबाट समेत सहभागीता जनाएका छन । शनिवार सिलगुडीबाट आएका हंशदास महाराजले श्रीमदवीतकको बारेमा भक्तजनहरुलाई जानकारी दिएका थिए । मन्दिरका संस्थापक कला माताले रत्नचोकमा ३४ वर्ष अगाडी श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरेको बताइन । आफुले सुुख दुख गरेर रत्नचोकसंगै पोखराको विभिन्न तीन ठाँउमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरेको बताउदै श्रीकृष्ण प्रणामी मन्दिरमा जुनसुकै धर्ममा आस्था राख्नेहरुले पुजाआजा गर्न पाउने समेत बताइन । उक्त अवसरमा मन्दिरको तर्फबाट कला मातालाई सम्मान समेत गरिएको थियो ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहनप्रसाद ढकालले ३४ वर्ष पहिले स्थापना भएको श्रीकृष्ण प्रणामी मन्दिरमा आजको दिनसम्म श्रीकृष्णवीतक चर्चालाई निरन्तरता दिइएको बताए । स्थानिय तह र प्रदेश सरकारको सहयोग प्राप्त भएकाले मन्दिरलाई अझै ब्यवस्थित गर्दै भौतिक संरचना निर्माणमा जोड दिने ढकालको भनाइ थियो । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले श्रीकृष्ण प्रणामी मन्दिर स्थानिय सरकार र प्रदेश सरकारको साथ र सहयोग जारी रहे पोखराकै उत्कृष्ण धार्मिक पर्यटकीय गन्तब्य निर्माण हुने बताए । शनिवार जीवन विज्ञान केन्द्रका प्रशिक्षक शारदा पौडेलले जीवन विज्ञानको बारेमा प्रवचन दिएकी थिइन भने श्रीकृष्ण प्रणामी सेवा समिति जिल्ला अध्यक्ष कृष्णप्रसाद ढुंगाना, जीवन विज्ञानका संयोजक शारदाप्रसाद कोइराला, कुमार श्रेष्ठ, कार्यक्रम संयोजक केशवप्रसाद बराल, प्रणामी ब्यवसाय समितिका अध्यक्ष राजन शर्मा, सल्लाहकार समितीका प्रमोद पौड्याल, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषद कास्कीका अध्यक्ष तोयनाथ सापकोटा, बाइजुराज महिला समिती डांडाको नाकका जमुना ढुंगाना, समिति कास्कीका सचिव इन्द्र बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

आगामी श्रावण ३१ गते सम्म सञ्चालन हुने श्रीमदवीतक तथा श्रीकृष्ण कथा प्रवचनमा प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दु बाट संगीतमय कथा प्रवचन भइरहेको छभने संगीतमय कथा प्रवचनमा गायक तथा बाध्यवाधक सुनिल राइ र अनुपम भुजेलले साथ दिइरहेको समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->