आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दलित युवा सञ्जालमा सर्वसम्मत नेतृत्व

दलित युवा सञ्जालमा सर्वसम्मत नेतृत्व


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८२, आइतबार

बागलुङ/दलित युवा सञ्जाल बागलुङको अध्यक्ष राहुल बोहरा सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट बोहरासहितका पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन् ।

सञ्जालको वरिष्ठ उपाध्यक्षमा रमेश बोसेल, उपाध्यक्षमा शकुन्तला थापा बोसेल, गीता थापा किसान, हर्कबहादुर विक, महिला उपाध्यक्षमा प्रिया किसान, महासचिवमा हरि रुचाल, सचिवमा नगेन्द्र बोहरा, सह–सचिवमा कविन्द्र बोहरा, कोषाध्यक्षमा शान्ती नेपाली, सह–कोषाध्यक्षमा भुवन बोहरा चयन भएका छन् ।

यस्तै सदस्यमा दिपक खेतीवाल, केशव हरिजन, राजु विक, रमेशलाल मिजार, राजेश किसान, चन्द्र दर्जी, अमृत परियार, गणेश बहादुर विक, दिपक सार्की, प्रकाश किसान, प्रदिप नेपाली, ग्याम बहादुर किसान, विक्रम परियार, हेम बोहरा, देवी किसान, रमेश परियार, राजेन्द्र बोहरा, शिव किसान, इन्द्र विक र रत्ने सार्की रहेको निर्वाचन समितिका सदस्य सिताराम रसाइलीले जानकारी दिए ।

अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सदस्य गोबिन्द नेपालीले दलित आन्दोलनको विरासत जोगाउने बेला आएको बताएका थिए । उनले भगतले राजनीतिदेखि माथी र विभेदको वास्तविक समस्या उठाएकोमा अहिले भने अभियान तितरबितर बनिरहेको बताउँदै ६० लाख दलितलाई एकताबद्ध गर्न सकेमा आन्दोलन पनि उचाइमा पुग्ने धारणा व्यक्त गरेका थिए ।

२०६८ सालमा स्थापना भएपनि विभिन्न कारणले संजालले दोश्रो अधिवेशन ढीला गरेर अगाडि बढाएको हो । खेलकुद, सामाजिक कार्य तथा विभेद विरुद्धमा कार्यक्रम गर्दै संजाल अगाडि बढेको छ । संजाल स्थापनाताका धेरै क्रियाशिल भएपनि संस्थाका मुख्य पदाधिकारी नै विदेश र अन्य क्षेत्रमा लाग्दा अभियान सुस्ताएको तर अब भने सक्रिय रुपमा अगाडि बढ्ने नवनिर्वाचित रमेश बोसेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->