पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई पार्टीबाट निलम्बन गरेको छ । प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस प्रकरणमा मुछिएका सुजनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।
लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए । यसअघि प्रदेश कमिटीले उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेको हो । उनीसँगै मुद्दा चलेका विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको छ । लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । त्यसपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।





