मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कन्या क्याम्पस पोखरा र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य

कन्या क्याम्पस पोखरा र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८२, बुधबार

पोखरा/पोखरा ३ नदीपूर अवस्थित कन्या क्याम्पस पोखरा र पोखरा १, सिम्पानी अवस्थित राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यको सम्झौता भएको छ ।

क्याम्पसमा कम्प्यूटर शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी सो सम्झौता भएको हो । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई विभिन्न प्राविधिक तालिम तथा कार्यशाला आयोजना गर्ने, तालिम पश्चात छात्राहरुलाई रोजगारीका लागि पहल गर्ने, अनुसन्धानात्मक कार्य गर्नेे, केन्द्रको विभिन्न आयोजनाहरुमा क्याम्पसका छात्राहरुलाई प्राथमिकता दिने आदि व्यवस्था सम्झौपत्रमा उल्लेख गरिएको छ । सम्झौतामा क्याम्पस प्रमुख सुरेशकुमार मानन्धर र राष्ट्रिय आविष्कार केन्द्र पोखरा शाखाका शाखा प्रमुख इन्द्र ओलीले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ, व्यवस्थापन संकायका प्रमुख इन्द्रकमल मानन्धर, राष्ट्रिय आविष्कार केन्द्रका कम्प्यूटर इन्जिनियर तथा कन्या क्याम्पसका पूर्व छात्रा ऐश्वर्या श्रेष्ठ, लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो । २ वर्षको लागि गरिएको सम्झौता पत्रमा उल्लेख कार्यक्रमबारे प्रकाश पार्दै केन्द्रका शाखा प्रमुख इन्द्र ओलीले क्याम्पससँग सहकार्य गर्न पाउनु केन्द्रको लागि गर्वको विषय रहेको र आगामी दिनमा तालिम, कार्यशाला, रोजगारी, अनुसन्धानात्मक क्रियाकलाप, इन्टर्नसीप जस्ता कार्यमा सदैव सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->