मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

लिटिल स्टेपमा बधाई कार्यक्रम सम्पन्न

लिटिल स्टेपमा बधाई कार्यक्रम सम्पन्न


  • ढाेरपाटन संवाददाता
  • साउन २१ २०८२, बुधबार

पोखरा/ पोखरा– ८, सिमलचौर स्थित लिटिल स्टेप माध्यमिक विद्यालयले २०८१ सालको कक्षा १२ को परीक्षामा विद्यालयवाट सम्मिलित भई उत्तीर्ण हुने विद्यार्थीलाई बुधवार बधाई ज्ञापन गरेको छ ।

विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका पूर्व कर्णेल उदिमबहादुर गुरुङ प्रमुख अतिथिका रुपमा सहभागी भए । संस्थापक गुरुङले विद्यालयले आफ्नो ४३ वर्षको शैक्षिक यात्रामा धेरै उकाली ओराली सामना गरेको र आफूले सदैव अभिभावक र शिक्षाविद्बाट साथ र समर्थन प्राप्त गरेको भन्दै सफल विद्यार्थी तथा अभिभावकलाई बधाई दिए ।

कार्यक्रममा संस्थापक प्राचार्य पम्फा गुरुङले विद्यार्थी र अभिभावकको दशक लामो शैक्षिक यात्राको एक चरण सम्पन्न भएकोमा बधाई दिदै उच्च शिक्षाको आगामी यात्रामा सफलताको शुभकामना व्यक्त गरिन् । त्यसै गरी कार्यक्रमका प्रमुख वक्ता डा.भीमनाथ बरालले कक्षा १२ पछिको अध्ययनको क्षेत्र छनौट गर्ने काम निकै चुनौतीपूर्ण हुने हुँदा उच्च शिक्षाको लागि विषय र शैक्षिक संस्थाको छनौटमा विशेष ध्यान दिनुपर्ने बताए । साथै उनले प्रतिश्पर्धात्मक विश्व बजारमा प्रतिश्पर्धि बनाइ राख्न निरन्तर साधना र संस्थामा प्राध्यापनरत सदस्यहरुको छनौटमा विचार पु¥याउन पर्ने बताउँदै विद्यार्थी एवम् अभिभावकलाई बधाई दिए । यसैगरी पोखरा लिङ्कन इन्टरनेशनल कलेजका संयोजक ईश्वर सुवेदीले कलेजमा सञ्चालित बीबीए, बिएचएम, बिएस्सी आइटी र एमबीए कार्यक्रमको बारेमा प्रकाश पारे ।

विद्यार्थीको तर्फबाट सविना क्षेत्रीले विद्यालय, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा +२ उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई खादा तथा अविरद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक विनोद गिरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->