मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

माउन्ट अन्नपूर्णमा क्लब गठन

माउन्ट अन्नपूर्णमा क्लब गठन


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८२, शुक्रबार

पोखरा/पोखरा ३, नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थीको समूह विभाजन गरिएको छ । विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले गेम एण्ड स्पोर्टस क्लब, सोसल सर्भिस क्लब र म्युजिक, आर्ट एण्ड लिटरेचर क्लब स्थापना गरिएको प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए ।

गेम एण्ड स्पोर्टस क्लबको अध्यक्षमा एड्रिना गुरुङ र सचिवमा अप्सन पुन चयन भएका छन् । क्लबमा १५ जाना सदस्य छन् । उत्कृष्ट गुरुङ अध्यक्ष र सउरप बिक सचिव रहेको म्युजिक आर्ट एण्डलिटरेचर क्लवमा १५ जना सदस्य रहने गरी गठन गरिएको छ ।

त्यस्तै १५ सदश्य रहेको सोसल सर्भिस क्लबको अध्यक्ष र सचिवमा क्रमश सुप्रिया गुरुङ र पुर्णिमा गुरुङले जिम्मेवारी पाएका छन् । विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराइ विविध विषयहरूमा अन्तरनिहित प्रतिभालाई प्रस्फूटन गराउँदै आएको विद्यालयले वार्षिक कार्यक्रम अनुसार नै क्लव गठन गरिएको विद्यालयका प्रशासक चित्र गुरुङले बताए ।

यसैबीच विद्यालयले अत्तिरिक्त क्रियाकलापअन्तर्गत अंग्रेजी र नेपालीमा गरीशिक्षामा सामाजिक सञ्जालको उपयोगिता शीर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । अग्रेजी बक्तृत्वकलामा बादल गुरुङ पहिलो,एड्रिन गुरुङ दोस्रो र अन्सु आचार्य तेस्रो भए भने नेपाली बक्तृत्वकलाअन्तरर्गत धनमाया शिरिष प्रथम,कुशल क्षेत्री दोस्रो र तेस्रो भएको अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले बताए । म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउण्टेनियरिंङ विषयमा कक्षा १२ सम्म सञ्चालनमा रहेकोगण्डकी प्रदेशकै पहिलो निजीस्तरबाट सञ्चालित विद्यालय हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->