बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लायन्स भैरवद्वारा आर्वाविजयलाई सहयोग

लायन्स भैरवद्वारा आर्वाविजयलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८२, शुक्रबार

पोखरा/लायन्स क्लब अफ पोखरा भैरवले पोखरा–१३, ढाँडबेँसीस्थित आर्वाविजय माविलाई आर्थिक सहयोग गरेको छ ।

क्लबका अध्यक्ष रमेशकुमार बाटाजु र पूर्वअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्रमान बिजुक्छेले संयुक्त रूपमा४० हजार १५५ रुपियाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र प्रधानाध्यापक पद्मादेवी बराललाई हस्तान्तरण गरे। प्राप्त रकम विद्यार्थीहरूलाई विद्युतीय तालिम प्रदान गर्न खर्च गरिने योजना बनाइएको विद्यालयका शिक्षक बाबुराम सुवेदीले जानकारी दिए ।

प्रमुख अतिथि बिजुक्छेले विद्यार्थीहरूलाई सिपमूलक तालिमका माध्यमबाट स्वरोजगार बन्न कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै विद्यालय जस्तो पवित्र संस्थामा आएरसहयोग गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरालले संस्थाले गरेको अमूल्य सहयोगप्रतिधन्यवाद ज्ञापन गर्दै संस्थाबाट निरन्तर सहयोगको अपेक्षा राखे । कार्यक्रममा पूर्व अध्यक्ष समरबहादुर श्रेष्ठ र श्रीकृष्ण कतिलाले शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष रमेशकुमार बाटाजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विनोद द्वाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->