बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८२, मंगलबार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री

← Back

Thank you for your response. ✨

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरतबहादुर खत्री नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा प्रधानमन्त्री ओलीले मंगलबार डा. खत्रीलाई सो पदमा नियुक्त गरेका हुन् । उपकुलपति पद ४ महिनादेखी खाली थियो । प्रतिस्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल छ भने प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको पढाइ चलाइरहेको छ ।
गत चैतमा पोखरासहित बीपी कोइराला (धरान), पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकाल सकिएको थियो। तर, सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच प्रतिष्ठानको नेतृत्वमा भागबन्डा मिल्न नसक्दा नियुक्ति प्रक्रिया रोकिएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पोखरा प्रतिष्ठानका लागि १७ जना आवेदकबाट ६ जनाको नाम सर्टलिस्ट गरेको थियो ।
खत्री यस अघि निर्देशक भएर ४ वर्ष काम गरिसकेका व्यक्ति हुन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->