बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८२, शनिबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित मुस्ताङचोकमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । शुक्रबार विहानै पृथ्वीचोकतर्फबाट विरौटातर्फ जाँदै गरेको मोटरसाइकल ट्रक मुनि छिरेको थियो । मोटरसाइकलमा सवारमध्ये एक घाइते भएका छन् । प्र३–०२–०१३–प ५८०४ र ग २ ख ७९२९ नम्बरको ट्रिपर र्भित्रै छिरेको प्रहरीले बताएको छ ।

जिल्ला ट्राफीक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेयले मोटरसाइकलमा सवार दुइ जनामध्ये एकको ज्यान गएको र अर्का एक जनाको उपचार भइरहेको बताइन् । पोखरा महानगरपालिका वडा नम्बर २१ का २२ वर्षीय सुजन गौतमको मृत्यु भएको हो । यस्तै पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको उपचार भइरहेको छ । श्रेष्ठलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->