आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भैरवस्थानमा नियमित पुजा गरेर मनाइयो हरेलो

भैरवस्थानमा नियमित पुजा गरेर मनाइयो हरेलो

कालीगण्डकी करिडोरमा खसेको भीषण पहिरो र एक्लेसालको पुरानो पहिरोले सडक नखुलेपछि हरेक बर्ष झै गरिने मेला नगरिएको भैरवस्थान मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०८२, बुधबार

बागलुङ/सदरमुकाम बागलुङ बजारदेखि बलेवा तथा दक्षिण क्षेत्रको सिधा सम्पर्क अभावले बलेवा स्थित भैरव मन्दिरमा यो बर्षको हरेलो मेला भएन ।

कालीगण्डकी करिडोरमा खसेको भीषण पहिरो र एक्लेसालको पुरानो पहिरोले सडक नखुलेपछि हरेक बर्ष झै गरिने मेला नगरिएको भैरवस्थान मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पछिल्लो तीनबर्षदेखि हरेलोको दिन बिशेष मेला लाग्दै आएको थियो ।

बागलुङ नगरपालिका १२ अमलाचौरमा रहेको भैरवस्थानमा हरेक बर्ष भदौको पहिलो मंगलबार हरेलो मेला लाग्थ्यो । हरेलो भने स्थानीयले गर्दै आएका छन् । मेलाको रुपमा मात्रै यो बर्ष हरेलो नभएको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । भैरवस्थान मन्दिर वडा नं. १२ मा भएपनि यो भैरवस्थानलाई बानपा १०, ११, १२, १३ र १४ तथा जैमिनी नगरपालिका १ का स्थानीयले कोटको रुपमा पुज्दै आएका छन् ।

सदियौं बर्षअघिदेखि यहाँ हरेलो पर्व मनाउने र भैरवको पुजा गर्ने चलन छ । बाइसे चौविसे राजाको पालादेखि बलेवा कोटका सबै षेत्रमा हरेलो मनाउने गरिएको किंवदन्ती रहेको समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए । खेतीपाती लगाइसकेपछि किराफट्याङग्रँ र बाढी पहिरोले खेती नविगारोस भनेर हरेलो गर्ने चलन रहेको उनले जानकारी दिए । निरन्तर झरी र बर्षातले गर्दा पाहुना बोलाउन नसकिने, व्यवस्थापनमा कठिनाइ हुने भएपछि मेलाको रुपमा नभइ स्वत आउने भक्तजनबाट पुजा चलाइएको समितिले जनाएको छ । मंगलार स्थानीय भने मन्दिर पुगेर नियमित पुजा गर्नुका साथै हरेलो गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->