आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बरेङमा कृषि ज्ञान केन्द्रको अनुगमन

बरेङमा कृषि ज्ञान केन्द्रको अनुगमन


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८२, बिहिबार

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट लिउँवामा कृषि ज्ञान केन्द्र बागलुङको टोलीले कृषि बालीमा समस्या समाधान तथा प्रविधिक पृष्ठपोषण गर्ने उदेश्यले अनुगमन गरेको छ । बागवानी विज्ञ तथा बागवानी अनुसन्धान केन्द्र पोखराका अधिकृत सरोज अधिकारीले कृषि व्यवसायमा आत्मनिर्भर, रोजगारीका अवसर र किसानले तरकारी उत्पादन गर्दा भोग्दै आएका समस्यालाई पहिचानसहित समाधान गर्न तरकारी खेतीमा माटो, रोग, किराबाट आइपर्ने समस्याबारे जानकारी गराएका थिए ।

उत्पादनमा आकर्षण बढाउन माटो र तरकारीमा लाग्ने रोगकिरा नियन्त्रण नै प्रमुख समस्या रहेको कारण बरेङ गाउँपालिकाले हालै उत्पादन गरेको अकबरे खुर्सानी बालीमा देखिएको समस्यालगायतका बारेमा कृषि वैज्ञानिक र कृषि प्राविधिकबिच छलफलसहित समाधानको बाटो खोज्नुपर्ने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताए । बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले किराबाट बालीलाई जोगाउने उपाय, रोग व्यवस्थापन तथा उत्पादनको नाममा रासायनिक विषादीको प्रयोग भइरहेकाले यसको नियन्त्रण गर्न कृषकलाई चेतनामूलक कार्यक्रम र प्राविधिकको निरन्तर निगरानी रहनुपर्ने बताए ।

कार्यक्रममा बरेङ गाउँपालिका कृषि शाखा प्रमुख सोमराज रावतले खुर्सानी बालीमा नयाँ रोग थपिएको समस्याबारे रोकथामको लागि बाली विज्ञहरुसंग छलफल गरेका थिए । कार्यक्रम बरेङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नरसेङ पुनको अध्यक्षता, कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक निर्मल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->