आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भ्यान दुर्घटनामा ७ जना घाइते

भ्यान दुर्घटनामा ७ जना घाइते


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८२, शुक्रबार

बागलुङ/विद्यार्थी लिन गएको गलकोट बहुमुखी क्याम्पसको विद्युतीय भ्यान सडकछेउमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । ग १ झ ७४३ नम्बरको भ्यान शुक्रबार बिहान सवा ७ बजे गलकोट नगरपालिका वडा नं. ५ को हरिचौर बजार नजिकै सडकबाट ७ मिटर तल खसको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गलकोट–५ की १८ वर्षिय सुस्मीता बि.क, सोही ठाउँकी १८ वर्षिय प्रमिला विक, गलकोट–११ का १८ वर्षिय जीवन खत्री, गलकोट–८ की १८ वर्षिय मुना गौतम, सोही ठाउँकी १९ वर्षिय अनिता क्षेत्री र गलकोट–९ की १८ वर्षिय सुनिता सापकोटा घाइते हुनुभएको छ । घाइतेहरुको ढाड, खुट्टा र मुखमा चोट लागेको छ । चालक गलकोट–१ का २५ वर्षिय मोहन सिंह सुनारलाई हात–खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइतेहरुको गलकोट नगर अस्पताल हरिचौरमा उपचार भैरहेको छ । घटनास्थलमा इकाला प्रहरी कार्यालयका प्रहरी र स्थानीयले उद्दार गरेका थिए । प्राथमिक उपचारपछि घाउचोटको गम्भिर अवस्था भएमा थप उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको हरिचौरका वडा अध्यक्ष पवन हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->