बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी र कान्तिबिच उपचारमा सघाउने सहमति

गण्डकी र कान्तिबिच उपचारमा सघाउने सहमति

स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विश्वबन्धु बगाले र कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै कान्तिमा कार्यविधि कार्यान्वयनमा आएको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८२, शनिबार

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र कान्ति बाल अस्पताल काठमाडौंबीच शुक्रबार बालबालिकामा हुने क्यान्सर रोगको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको उपस्थितीमा कान्ति बाल अस्पतालमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विश्वबन्धु बगाले र कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै कान्तिमा कार्यविधि कार्यान्वयनमा आएको हो ।

कार्यविधि अनुसार गण्डकी प्रदेश स्थायी ठेगाना भएका बालबालिकामा क्यान्सर रोग पत्ता लागि कान्ति बाल अस्पतालमा उपचाररत रहेको अवस्थामा संघीय सरकारले उपलब्ध गराउने सहायता रकमका अतिरिक्त गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट थप एक लाख रुपियाँ बराबरको आर्थिक सहायता उपलब्ध हुने स्वास्थ्य मन्त्री पाठकले जानकारी दिए । सबै प्रक्रिया विद्युतीय माध्यमबाट हुने भएकोले गण्डकी प्रदेशको सेवा प्राप्त गर्न बिरामीले कुनै कागजात पेश गर्न नपर्ने पाठकको भनाई छ ।

सो अवसरमा मन्त्री पाठकले कान्ति बाल अस्पतालको निरीक्षण समेत गर्नुभएको थियो । यसअघि गण्डकीको स्वास्थ्य मन्त्रालयले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुरको क्यान्सर अस्पताल, काठमाडौंका निजामती कर्मचारी अस्पताल र कान्ति बाल अस्पतालमा कार्यक्रम विस्तार गरी गण्डकी प्रदेशका नागरिकलाई थप एक लाख रुपियाँ बराबरको आर्थिक सहायता प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->