आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘न्याय सम्पादन गर्दा भविष्यलाई हेर्नुपर्छ’

‘न्याय सम्पादन गर्दा भविष्यलाई हेर्नुपर्छ’

परिषद् खारेज होइन झन बलियो बनाउनुपर्छ । बरु यसमा राजनैतिक नियुक्त बन्द गरि निष्पक्ष रुपमा खेलकुदमै लागेका व्यक्तिलाई राखिनुपर्छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८२, आइतबार

बागलुङ/उच्च अदालत बागलुङका मुख्य न्यायाधिश नाती बाबु लामिछानेले न्याय सम्पादन गर्दा तत्कालको अवस्था नहेरी भविष्यलाई पनि हेर्नुपर्ने बताएका छन् । पेसापछिको जीवनमा पनि ती विषयहरु समाजलाई पाच्य हुनुपर्ने उनको भनाई छ ।

उच्च अदालत बागलुङबाट सरुवा भइ जान लाग्नुभएका दुइ जना न्यायाधीशको बिदाइ अवसरमा लामिछानेले न्याय मर्न नदिन बार र बेन्चको समान भूमिका हुने बताए । बार आँखा भएर बेन्चलाई वास्तविकता बताएपछि न्याय सम्पादन राम्रो हुने उनको धारणा थियो । न्यायाधिश छाडेपछि पनि कानून व्यवसायी बनेर समाजमा स्थापित हुन सकिने गरी काम गर्दा समाजलाई सही दिशामा हिँडाउन सकिने लामिछानेले बताए ।

उच्च अदालत बार एसोसिएसनद्वारा शनिबार आयोजित कार्यक्रममा न्यायाधीशहरु यज्ञबहादुर रानामगर र खड्गबहादुर केसीको बिदाइ भएको हो । रानामगर उच्च अदालत तुलसीपुर र केसी उच्च अदालत पाटन सरुवा भएका थिए ।

कार्यक्रममा न्यायाधिश रानामगरले बार र बेन्चलाई छुट्टाएर, मनमुटाव गरेर जनताले न्याय नपाउने धारणा व्यक्त गरे । उनले कानून व्यवसायीको मेहनतबाट मात्र अदालत सही निर्णयमा पुग्ने बताए । उनले न्याय निरुपण एउटा भूमिका मात्र भएकोले कानूनको शासन, कानूनको व्याख्या लगायतका विषय आम नागरिकको चासो र भरोसाको क्षेत्र भएको बताए । ‘न्याय बचाउन सकियो भने देशको अन्य क्षेत्र बिग्रे सच्याउन सकिने न्यायाधिश रानामगरले बताए ।

अर्का न्यायाधिश केसीले न्याय क्षेत्र संवेदनशिल भएको बताए । उनले कर्मचारी क्षेत्रमा केही समस्या आए फेरी सच्याउन सकिन्छ, तर न्याय क्षेत्रमा समस्या आयो भने नागरिकको जीवन बर्बाद हुने बताए । ‘‘थुन्न पर्ने मानिस बाहिर पर्ने र नथुन्नुपर्ने मानिस जेलमा पारियो भने त्यतिबेला कानूनको धर्म उल्लंघन हुन्छ’’ केसीले भने । लामो न्याय क्षेत्र, प्रशासन र पेशागत अवस्थामा अन्यायपूर्ण काम गर्न नपरेको भन्दै अझैपनि न्याय दिएर जान सक्ने वातावरण कानून व्यवसायीको प्रेरणाले मिल्ने तर्क गरे ।

उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्काको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको संचालन र उपाध्यक्ष हरिकृष्ण सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद शर्मा निउरे, काजीगाउँले श्रेष्ठ, भूमिश्वर शर्मा गौतम, पूर्व अध्यक्ष राजुप्रसाद गौतम र गीता श्रीषले शुभकामना मन्तव्य राखेका थिए । बारले उक्त अबसरमा कानून व्यवसायी र न्यायाधीशबीच शुभकामना आदानप्रदानसँगै तीजको दर खाने कार्यक्रम पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->