बागलुङ/लायन्स क्लब अफ बागलुङ मेरीगोल्डले बालबालिकालाई शैक्षिक सामाग्री बितरण र अभिभावकलाई सशक्तीकरण बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार बागलुङ नगरपालिका वडा नं. ७ को मुलपानीस्थित हर्राचौर बाल बिकास केन्द्रका बालबालिकालाई शैक्षिक र खेलकुद सामाग्री वितरण गरिएको हो । बालबिकासमा पढ्नेहरुले रमाएर पढ्न जाने वातावरण बनाउने लक्ष्यले उक्त कार्य गरेको क्लबकी संस्थापक अध्यक्ष यशोदा शर्माले जानकारी दिइन् । कार्यक्रममा १२ जना बालबालिकालाई सामाग्री बितरण गरिएको हो भने ३० जना अभिभावकलाई प्रशिक्षण गरिएको थियो ।
कार्यक्रममा स्थानीयलाई महिला शसक्तीकरण विषयमा प्रशिक्षण समेत गरिएको थियो । अधिवक्ता उमाशंकर सापकोटा, लेखापढी व्यवसायी मीना थापा लगायतले महिला सशक्तीकरणको अवधारणा र समाजले सशक्तीकरणका लागि गर्नुपर्ने कामबारे जानकारी गराएका थिए । क्लबका अध्यक्ष शिवप्रसाद गौतमको अध्यक्षता, द्वितिय उपाध्यक्ष उमाशंकर सापकोटाको स्वागत र अभिवक्ता संजीव श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष मेघनाथ गैरेसहित समाजसेवी र शिक्षकले शुभकामना मन्तव्य राखेका थिए ।





