आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तीज नारी स्वतन्त्रताको विद्रोह हो : भुषाल

तीज नारी स्वतन्त्रताको विद्रोह हो : भुषाल

उनले महिलालाई दिएको भाग, आरक्षणको भाग र समानुपातिक भाग मात्र नभइ मुख्य पदमा आउने वातावरण चाहिएको समेत बताइन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८२, आइतबार

बागलुङ/नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुषालले तीज पर्व नारी स्वतन्त्रताको विद्रोहको रुप भएको बताएकी छिन् । तीजलाई भड्किलो नबनाइ अधिकारको संघर्षको रुपमा लिन उनले आग्रह गरिन् ।

स्थानीय तहदेखि संविधानसभासम्म महिलाको भूमिका विषयक अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उनले महिलाहरुलाई आरक्षको भाग मात्र नदिइ सशक्त स्थानमा प्रतिस्पर्धी बन्न आग्रह गरिन् । उनले महिलालाई दिएको भाग, आरक्षणको भाग र समानुपातिक भाग मात्र नभइ मुख्य पदमा आउने वातावरण चाहिएको समेत बताइन् ।

उनले तीजलाई आम महिलाले चाडको रुपमा मात्र नमनाई क्षमता विकास गर्ने, अधिकार प्राप्ती गर्ने अवसरको रुपमा पनि सदुपयोग गर्न उनले सुझाव दिइन् । साथै, उनले कांग्रेस बलियो बन्दा लोकतन्त्र बलियो बन्ने भन्दै कांग्रेस कमजोर भएको बेला लोकतन्त्रमा पनि असर परिरहेकोले सशक्त कांग्रेस बनाउन महिलालाई आग्रह गरिन् ।

नेपाली कांग्रेस बागलुङको महिला विभागले आइतबार उक्त कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागि नेता तथा कार्यकर्ताले पनि कांग्रेस बलियो बनाउन भातृ संगठनहरुको छिटो अधिवेसन गर्ने, सबै संगठन चुस्त बनाउने, कामलाई जिम्मेवारी अनुसार बाँडफाँड गर्नुपर्ने लगायतको सुझाव दिए । कार्यक्रममा भुषालले संविधानसभामा ३३ प्रतिशत महिला पुगेर संविधान बनाएकोमा त्यही संविधानले राखेको प्रावधानमा स्थानीय तहमा महिलाको सहभागिता न्युन भएकोमा चिन्ता व्यक्त गरिन् ।

नेपाली कांग्रेस बागलुङकी सहसचिव तथा महिला विभाग प्रमुख ज्ञानुकुमारी श्रीषको अध्यक्षता, महिला संघकी अध्यक्ष सीता सापकोटा कँडेलको स्वागत र पिंगला जिसीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चम्पादेवी खड्का, गण्डकी प्रदेश कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, पार्टी सभापति जितबहादुर शेरचन, नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले महिला सशक्तीकरणमार्फत निर्णय प्रकृयामा प्रमुख भूमिका खेल्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->